ग्राहकहरूको भवितव्यमा एनआईसी एशिया बैंकको भरोसा, सर्वश्रेष्ठ बचत खाता खोल्दा ४ जनालाई रू. ८४ लाखसम्मको पञ्चवर्षीय बीमा सुरक्षण निःशुल्क
नेपालबहस संवाददाता
साउन २७, २०७९ शनिबार १:१०:२५
२७ साउन, काठमाडौं । तपाईंलाई आफ्नो भविष्यबारे कति चिन्ता लाग्छ ? र, तपाईंको परिवारले तपाईंबाट के अपेक्षा गरेका छन् ? भविष्यमा परी आउने भवितव्यलाई कसरी सामना गर्ने ? यस्ता कुरा औसत आम्दानी भएका आम नेपालीहरूको मनमा खेल्ने कुरा हुन् । अर्थात् भविष्यबारे अधिकांशले चिन्ता गरिरहेकै हुन्छन् । तर चिन्ता गरेर मात्रै समाधान हुँदैन । निकास निकाल्नका लागि उत्तम उपायको खोजी गर्नुपर्छ । आजको अत्याधुनिक युगमा तपाईंको भविष्य सुरक्षित बनाउने, थोरै आम्दानीले पनि दिगो रुपमा समाधान निकाल्ने उपायहरू छन् । त्यस्ता उपायहरूबारे अब छलफल गरौं ।
भविष्यमा आईपर्न सक्ने स्वास्थ्य समस्याहरूको उपचार गर्न उत्पन्न हुने अभावदेखि डराउँदै हुनुहुन्छ भने, अहिले नै केही उपाय सिक्न जरुरी छ । ती मध्ये एक प्रमुख उपाय तपाईंलाई एनआईसी एशिया बैंकले सिकाइरहेको छ । एनआईसी एशिया बैंकको बचतसँगै बीमा सम्बन्धी नयाँ योजना तपाईंले थाहा पाउनुभयो भने भविष्यको भवितव्यमा सामना गर्न निकै सहज हुने बैंकले जनाएको छ । बैंकले २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापत रू. ६ करोड १३ लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको छ । बैंकको यस उपलब्धिले पनि सयौं ग्राहकलाई प्रतिफल प्राप्त भएको उजागर भएको हो ।
एनआईसी एशिया बैंकले ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ ले त्यस्तो सुविधा दिएको छ कि, जस अन्तर्गत खातावालाले ८४ लाख रुपैयाँसम्मको ३ वटा बीमा फाइदा प्राप्त गर्न सक्दछन् । यस सीमाको बीमा खातावाला एवं निजले मनोनित गर्ने अन्य ३ जना परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत खातावाला बराबर नै अर्थात् प्रतिव्यक्ति रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुरक्षण गरिएको छ । जस्तै शारीरिक अशक्तता भयो वा मृत्यु भयो भने रू. १० लाखको दुर्घटना बीमा, विभिन्न १८ वटा घातक रोग लाग्यो भने त्यसको उपचारका लागि रू.१० लाखको घातक रोग बीमा र मेडिकल जाँच वापत (ओपिडी र बहिरंग) रू. १ लाखसम्मको मेडिकल बीमा गरी कुल रू.२१ लाख सम्मको बीमा फाइदा रहेका छन् ।
सर्वश्रेष्ठ बचत खाताको गुडविल श्रेणी अन्तर्गत खातावाला एवं निजले मनोनित गर्ने व्यक्तिहरूलाई प्राप्त हुने उपरोक्त बीमा सुरक्षण खाता खोलेको ५ वर्षको अवधिसम्म उपलब्ध हुनेछ । त्यो पनि बिना कुनै अतिरिक्त बीमा प्रिमियम तिरेर । यसका लागि खातावालाले एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत योजनाको गुडविल एम्बेसडर खाता खोल्नुपर्ने हुन्छ । जुन खाता न्यूनतम रू. १ लाख मौज्दात राखेकै भरमा भरपुर फाइदा प्राप्त हुन्छ ।
तपाईंले मनोनित गरेका तीन व्यक्तिहरूको हकमा भने उनीहरूले फाइदा लिनका लागि एनआईसी एशियामा शुन्य मौज्दातको खाता खोल्नुपर्ने व्यवस्था छ । यदि तपाईंले मनोनयन गरेका व्यक्तिको बचत खाता एनआईसी एशिया बैंकमा पहिले नै छ भने उनीहरूले नयाँ खातामा स्किम ट्रान्सफर गरेर बीमा फाइदा लिन सक्छन् । खातावालाले यस बचत खातामार्फत रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूको अलावा सर्वाधिक उच्च ब्याजदर, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू प्राप्त गर्न सक्नेछन् ।
के हो सर्वश्रेष्ठ बचत खाता ?
एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचतखाता योजनालाई नेपालको बैंकिङ क्षेत्रमै पहिलो र सर्वश्रेष्ठ फाइदासहितको बचत खाताको रुपमा पनि लिइन्छ । जुन खातामा बचत गर्दा तपाईंले बीमाबाट पाउने फाइदा पूरा पाइनेछ । त्यसो त, तपाईंको पैसा पनि बढिरहने भयो । यस अन्तर्गत विशेषगरी तीन श्रेणी छन् ।
गुडविल एम्बेसडर, प्राइड र पार्टनर
गुडविल एम्बेसडर बचत खातामार्फत तपाईंले सर्वाधिक उच्च ब्याजदरसहित ८४ लाखसम्मको बीमा सम्बन्धी फाइदा पाइनेछ । गुडविल एम्बेसडर श्रेणीका खातावालहरू बैंकका पनि एम्बेसडर सरह हुन् । अर्थात् बैंकले उनीहरूलाई उत्कृष्ट ग्राहकको रुपमा लिएको छ । यस खाताका लागि बैंकमा १ लाख मौज्दात हुनुपर्छ । यस्तै प्राइड श्रेणीको खाताका लागि ५० हजार मौज्दात हुनु जरुरी छ । त्यस्तै पार्टनर श्रेणीको खाताका लागि भने २५ हजार मौज्दात आवश्यक पर्छ । यी तीन श्रेणीबाट तपाईंले पाउने फाइदा फरक भए पनि ब्याजदर भने बराबर नै हुन्छ ।
यसरी हेर्दा यदि तपाईं एनआईसी एशिया बैंकको ‘गुडविल एम्बेसडर’ बन्नुभयो भने तपाईंले बैंकबाट मात्रै २४ वटा सर्वश्रेष्ठ फाइदा पाउनु हुनेछ । कुनै पनि बैंकले बीमा, ब्याजदर र कर्जासम्बन्धी दिने फाइदाको तुलनामा एनआईसी एशिया बैंकले दिने यी फाइदा सर्वश्रेष्ठ भएकैले यी फाइदालाई सर्वश्रेष्ठ र अतुलनीय फाइदा भनिएको हो ।
यस्तै विभिन्न उमेर समूह तथा लैंगिक र अन्य समूहका आधारमा बैंकबाट फरक फरक कस्टमर सेग्मेन्ट पनि पाउन सकिन्छ । जस्तै सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ मुद्दति बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता लगायत छन् । यस्तै २४ फाइदामध्ये सर्वश्रेष्ठ बचतकर्ताले ३ वटा कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा प्राप्त गर्नुका साथै कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट पूर्वस्वीकृत कर्जा फाइदा पनि पाउने छन् ।
बेसरेटमा थप १ प्रतिशतमै १० गुणाभन्दा बढी कर्जा फाइदा
यदि तपाईं एनआईसी एशिया बैंकको ‘गुडविल एम्बेसडर’ बचतकर्ता हो भने तपाईंका लागि अर्को महत्वपूर्ण फाइदा पनि छ, त्यो के भने तपाईंले १ करोडसम्मको पूर्वस्वीकृत कर्जा लिन सक्नुहुन्छ । पूर्वस्वीकृत कर्जाको फाइदा भन्नाले यदि तपाईंले खाता खोलेर तीन महिनाको लागि १० लाख रुपैयाँ औसत मौज्दात खातामा राख्नुभयो भने बैंकबाट तपाईंका लागि यस्तो फाइदा दिएको हो ।
गुडविल एम्बेसडर बचतकर्ताले पाउने यो एउटा विशेष र आकर्षक फाइदा हो । साथै यो कर्जा पाउँदै गर्दा तीन महिनाको औसत मौज्दातको १० गुणा बढी वा कर्जामा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी मात्र ०.२५ प्रतिशत प्रशासनिक शूल्क तिर्नुपर्ने हुन्छ । जुन कर्जाका लागि कुनै पनि बैंकलाई तिर्ने ज्यादै न्यूनतम प्रशासनिक शुल्क हो । अन्य बैंकको तुलनामा यो ब्याजदर नितान्त सस्तो पनि हो ।
५ वर्षसम्म निःशुल्क विविध बैंकिङ सेवाहरू
सर्वश्रेष्ठ खातावालको रुपमा तपाईंले पाउने अर्को प्रमुख फाइदा पाँच वर्षसम्म तपाईंले एन आई सी एशिया बैंकका सम्पूर्ण डिजिटल सेवाहरूको निशुल्न उपयोग गर्न पाउनुहुन्छ । एटीएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड मात्रै नभएर तपाईंले पाँच–पाँच वर्षसम्म तपाईंले मोबाइल बैंकिङ, डिम्याट खाता, प्रिपेड डलर खाता, मेरो शेयर खाता, इ कमर्स नवीकरण, चेक क्लियरिङ, लकर सेवा, इन्टरनेट बैंकिङ लगायत डिजिटल सेवाहरू निःशुल्क प्रयोग गर्न पाउनुहुन्छ ।
जबकी अन्य बैंकसँग तुलना गरेर हेर्नुभयो भने एटीएम, डेबिट कार्ड र क्रेडिट कार्ड एक वर्षका लागि मात्रै पाइन्छ । जुन सेवालाई एन आई सी एशिया बैंकले सेवा विस्तार गर्दै आफ्ना ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क दिएको छ । यस्तै बचतकर्ताको मनोनयनमा परेका अरु तीन ग्राहकले पनि यस्ता फाइदा निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । उक्त बचत खाता खोल्दा पाइने सबै २४ वटै फाइदाको हिसाब गर्ने हो भने गुडविल एम्बेसडर खातावालले न्यूनतम ११ लाख रुपैयाँभन्दा धेरै फाइदा पाउनेछ ।
स्वीप इन स्वीप आउट सुविधा
यस फाइदा अन्तर्गत बचतकर्ताको खातामा यदि २ लाखभन्दा धेरै रकम भएको खण्डमा उक्त रकमलाई १० हजारले गुणा गर्दै बैंकले ३ महिनाको मुद्दती निक्षेपमा रकमान्तर गर्नेछ । साथै उक्त रकममा मुद्दती खाता सरह वार्षिक उच्चतम ब्याजदर तपाईंले प्राप्त गर्नुहुनेछ । बैंकको यस्तो योजनाले मेहनतबाट कमाइ गरी बचत गरिएको पैसा सुरक्षित मात्रै नभएर त्यसबाट उच्चतम लाभ वा फाइदा पनि तपाईंले पाउनु हुनेछ ।
र एनआईसीको यही सेवा नै स्विप इन स्वप आउट सुविधा हो । यसरी पाइने ब्याजको फाइदा बचत खातामा तपाईंले पाउने ब्याज भन्दा थप ४३ प्रतिशत बढी ब्याज पाउन सक्नुहुन्छ । साथै मुद्दती निक्षेपमा स्वीप इन रकम सजिलै झिक्न पनि पाइन्छ । तर यदि तीन महिना अघि नै रकम झिकेको अवस्थामा उक्त रकममा बचत खाताकै ब्याजदर पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार