लाइसेन्सकाे परीक्षा खुल्ला चौरमा
नेपालबहस संवाददाता
साउन २८, २०७९ शनिबार २०:४५:१६
२८ साउन, जलेश्वर । महोत्तरीको जलेश्वरमा आज बिहान भएको निम्नमाध्यमिक विद्यालयको अनुमति पत्र ‘लाइसेन्स’ को परीक्षा दिनका लागि विभिन्न जिल्लाबाट महोत्तरीको सदरमुकाम जलेश्वरमा आएका सयौँ विद्यार्थीहरु बास नपाउँदा खुल्ला चौरमा बस्न बाध्य भएका छन् ।
मधेस प्रदेशको विभिन्न जिल्लाबाट शुक्रबार जलेश्वरमा आएका परीक्षार्थीहरुले जलेश्वरमा पर्याप्त होटल, लाज, धर्मशाला तथा अन्य बासस्थानको सुविधा नभएका कारण खुल्ला चौरमा बसेर रात बिताउनु परेको गुनासो गरे ।
जलेश्वर रङ्गशालाको खुल्ला चौर, मनिपाल कलेजको खुल्ला चौर, महादेव मन्दिरको खुल्ला मैदानलगायत स्थानमा आफूहरुले रात बिताएको उनीहरुले बताए ।
बासस्थान नपाएका केही विद्यार्थीहरुलाई नगर प्रमुख सुरेश साह सोनारको पहलमा कबर्ड हल, पगला बाबा धर्मशालालगायतकामा बासको व्यवस्था मिलाइए पनि हजारौँको सङ्ख्यामा आएका परीक्षार्थी तथा तिनका अभिभावकका लागि बासस्थानको अभाव रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार