रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु : मन्त्री ढकाल
नेपालबहस संवाददाता
साउन २८, २०७९ शनिबार २२:३२:८
२८ साउन, भक्तपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्री ढकालबीच शनिवार भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा मन्त्री ढकालले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । भेटघाटमा भक्तपुरको खेलकुद क्षेत्रको विकास र खेलमैदान स्तरोन्नति गर्ने विषयमा पनि छलफल भएको भक्तपुर नगरपालिकलो जनायो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरको महेश्वरी रंगशाला निर्माण र सहिद स्मृति खेलमैदान स्तरोन्नतिमा ध्यानाकर्षण गराए । मन्त्री ढकालले भक्तपुरमा महेश्वरी रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्ड हलको रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले नियमित ६ वटा खेलको प्रशिक्षण, विद्यालयहरूमा पूर्णकालीन खेल प्रशिक्षकहरूको नियुक्तिका साथै अन्तरनगर खेलकुद र अन्तरविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै खेलकुदलाई नागरिकको जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको बताए । उनले भक्तपुर नपाको ठाउँठाउँमा खेलकुद कभर्ड हलको निर्माणको क्रम जारी रहेको अवगत गराए ।
भेटघाटमा ख्वप कलेज अफ इन्जिनियरिङका ई। अमिल प्रजापतिले महेश्वरी खेलमैदान र सहिद स्मृति खेलमैदानको डिजाइन प्रस्तुतीकरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार