दैनिक ३५० गाडी फोहोर बञ्चरेडाँडा लगिने, अवरोध नहुने अपेक्षा
नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार १६:८:४४
२९ साउन, काठमाडौं । काठमाडाैं महानगरपालिकाले राजधानीको फोहोर उठाउन थालेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई शनिबार बिहानदेखि विर्सजन थालिएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कुनै अवरोध नभएर आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन गरिने बताएका छन् । कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार