भेन्टिलेटरमा रहेका कमेडियन राजुलाई सुनाइँदैछ अमिताभको अडियो
नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार १७:४७:३६
२९ साउन, एजेन्सी । भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ । उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ । तर उनको दिमाग भने अझै अचेत छ ।
अभिनेता अमिताभ बच्चनले राजुको परिवारलाई फोनमार्फत एक अडियो सन्देश पठाइएको छ । ‘राजु उठ, अब धेरै भयो । अझै धेरै काम गर्नुछ’, अडियोमा अमिताभले भनेका छन् । उनले राजुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
राजु अमिताभलाई आफ्नो आदर्श मान्छन् । डाक्टरले उनको परिवारलाई राजुले कुनै पनि विषयमा प्रतिक्रिया नदिइरहँदा उनलाई कोही प्रिय मान्छेको आवाज सुनाएमा सायदै त प्रतिक्रिया जनाउने हुन् कि भनेर सल्लाह दिएका थिए ।
त्यसपछि उनको परिवारले अमिताभलाई उनले मोबाइल पठाएको लिखित सन्देशभन्दा अडियो सन्देश प्रभावकारी हुन सक्ने बताएपछि अमिताभले अडियो सन्देश पठाएका हुन् ।
राजुलाई बुधबार बिहान हृदयाघात भएको थियो । उनको बुधबार नै तेस्रोपटक एन्जियोप्लास्टी गरिएको थियो । जसमा सतप्रतिशत ब्लकेज थियो । शुक्रबार उनको स्वास्थ्यमा केही सुधार आएको थियो । उनले औला र कुम हल्लाउन थालेका छन् । तर स्वास्थ्यमा तीव्र रूपमा सुधार हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार