कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार १९:३५:४४

♦हेमन्त केसी
२९ साउन, सुर्खेत । पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक गएको छैन । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबनबहादुर केसीले जानकारी दिए ।
कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेसा विषय अलि बढी अभाव रहेको उनले बताए । जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यसवर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन् ।
कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरूका अभिभावक आक्रोशित छन् ।
नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन् । जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवं हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको छ ।
कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा मागअनुसार सबै पुस्तक पठाइएको छ । ुती जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पहिलो प्राथमिकतामा राखेर ढुवानी गरिएको हो,ु कार्यालय प्रमुख केसीले भने, ुहुम्ला, सल्यान, रुकुम पश्चिममा नेपालगञ्जस्थित गोदामबाटै ढुवानीको व्यवस्था मिलाइएको थियो ।ु
सुर्खेत, दैलेख र जाजरकोटमा वीरेन्द्रनगर गोदामबाटै बिक्री वितरण गरिने बताइएको छ । जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार ७८९ थानमध्ये १३ लाख २९ हजार १४१ बिक्री भइसकेका छन् भने ७१ हजार ६३८ थान मौज्दात छन् ।
गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन् । बिक्रेताले पूरै सेट पाएपछि मात्र खरिद गर्ने अडान लिएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशले पुस्तक ढुवानी पारदर्शी नभएको भन्दै गत बुधबार जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएका थियो । जनक शिक्षाले समानुपातिक र न्यायिक हिसाबले पुस्तक बिक्री नगरेको महासंघको आरोप छ ।
सुर्खेतसहित दैलेख, जाजरकोटलगायतका जिल्लामा पाठ्यपुस्तकको निकै अभाव छ। भेरी नगरपालिका जाजरकोटमा रहेको विजया माध्यमिक विद्यालयमा पाठ्यपुस्तक अभाव छ। पर्याप्त पाठ्यपुस्तक उपलब्ध नहुँदा बालबालिकाको पढाइमा असर परेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक हर्कबहादुर खड्काले विद्यालयमा कक्षा ६, ७ र ८ का विद्यार्थीले पाठ्यपुस्तकको अभाव बढी झेलिरहेको बताए । समयमै पाठ्यपुस्तक नपाउँदा निरन्तर सिकाइमा असर परेको उनको भनाइ छ ।
कतिपय सामुदायिक विद्यालयमा पुस्तक अभाव रहेको भेरी नगरपालिका शिक्षा शाखाले जनाएको छ। शिक्षा शाखाका प्रमुख अमृतबहादुर पुनले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढी भएकाले पनि पुस्तक अभाव भएको बताए ।
यस्तै दैलेखको दुल्लु नगरपालिकामा रहेको पञ्चकोसी माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन्। विद्यालयका प्रधानाध्यापक शिवराज खड्काले विद्यार्थीको हातमा पुस्तक नभएपछि गृहकार्य दिन समस्या भइरहेको बताए ।
पुस्तक व्यवसायीको अडान बाधक
पुस्तक व्यवसायीहरूले १५ दिनभित्र अपुग पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रको वीरेन्द्रनगरस्थित प्रादेशिक कार्यालयसँग माग गरेका छन् ।
पूरै सेट पाएपछि मात्रै खरिद गर्ने पुस्तक व्यवसायीको अडानका कारण भएका पुस्तकसमेत गोदाममै थन्किएका छन्। पाठ्यपुस्तक उपलब्ध गराउन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, उद्योग वाणिज्य संघर प्रादेशिक कार्यालयबीच पछिल्लो पटक तीन बुँदे सहमति गरिएको छ।
जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक वितरणमा उचित व्यवस्थापन गर्न नसकेको व्यवसायीको आरोप छ। पुस्तक व्यवसायीका छाता संस्थासँगको सहकार्य र समन्वयमा समानुपातिक रूपमा पुस्तक वितरण गर्नुपर्ने माग व्यवसायीले राखेका छन् ।
हाल गोदाममा रहेका पुस्तकसमेत अपर्याप्त भएको भन्दै थप पुस्तक उपलब्ध नहुँदासम्म वितरण नगर्ने सहमति गरिएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका प्रदेश अध्यक्ष कमल नेपालले प्रादेशिक कार्यालयको लापरबाहीले समयमै पाठ्यपुस्तक उपलब्ध नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार