अघिल्लो सालको भुकम्पले भत्किएका लमजुङका घर पुननिर्माणमा अन्योल
नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार २१:३७:२९
२९ साउन, लमजुङ । लमजुङमा गतवर्ष गएको भूकम्पले क्षति पुगेका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ । गत जेठ पहिलो साता गएको भूकम्पबाट यहाँका ५० घर पुर्णरुपमा भत्किएका थिए भने अन्य कयौं घरमा क्षति पुगेको छ । घर भत्किएका पीडित परिवार भने सरकारले घर बनाइदिने आशामा छन् । तर, सरकारको भने कुनै छैन् ।
गत ५ जेठमा मर्स्याङ्दी गाउँपालिका–७, भुलभुले केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्निच्युटको भूकम्पले यहाँका दुई हजारभन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ ।
मर्स्याङ्दी गाउँपालिका, बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाअन्तर्गत दुई हजारभन्दा बढी घरमा क्षति भएको भनिए पनि जिल्ला विपद् व्यवस्थापन समितिमा भने एकिन तथ्यांक छैन ।
भूकम्पबाट क्षति भएका घरहरूको विवरण संकलन गर्ने र तत्काल राहत तथा पुनर्निर्माणका लागि पहल गर्न विपद् व्यवस्थापन समितिले निर्णय गरेको थियो । क्षतिको विवरण संकलनका लागि सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी सिआरएस नामक गैरसरकारी संस्थाले जिम्मा लिएको थियो ।
संस्थाले सम्बन्धित स्थानमा पुगेर प्राविधिकको सहयोगमा क्षतिको विवरण संकलन गरिसकेको जनाएको छ । तर, संस्थाले संकलन गरेको विवरण जिल्लास्थित विपद् व्यवस्थापन समितिमा नआएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
संस्थाले संकलन गरेको विवरण सिधैँ मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन केन्द्रमा पठाएको तर विपद् व्यवस्थापन समितिमा बुझाउन नमिल्ने जवाफ पाएको प्रजिअ वैद्यले बताए ।
भूकम्पले तीन वटा स्थानीय तहमा दुई हजारभन्दा बढी घरमा क्षति पुगेको विवरण केन्द्रमा पठाएको छ । तर, के कस्तो क्षति भन्ने एकिन तथ्यांक जिल्लास्थित समितिमा नआएको प्रजिअ वैद्यको भनाइ छ । भूकम्पले क्षति पुर्याएका घरमध्ये पुनर्निर्माणका लागि ५० घर सोही संस्था सिआरएसले जिम्मासमेत लिएको छ ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिले पूर्णक्षति भएका ५० घर प्राथमिकताका आधारमा पुनर्निर्माणका लागि संस्थालाई जिम्मा दिने लिखित निर्णय भए पनि संस्थाले पुनर्निर्माण सुरु गर्न सकेको छैन ।
सो बाहेकका घर पुनर्निर्माणमा केन्द्रबाट नै कुनै परिपत्र नआएकाले कहिले सुरु हुने भन्ने अन्योल रहेको लमजुङ प्रशासनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार