‘कृष्ण–लीला’को टिमले चितवनमा कन्सर्ट गर्ने

नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार २१:५४:३७

२९ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अवसरमा ३ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘कृष्ण–लीला’को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।
‘कृष्ण लीला’का कलाकारसहितको टिमले ३१ साउन अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि–कन्सर्ट गर्न लागेको निर्देशक दीपक ओलीले बताए ।
कन्सर्टमा ‘कृष्ण लीला’का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रबिन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर’ का गायक रबि ओड र गायिका सुनीता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतले चितवनवासीलाई झुमाउने छन् ।
चितवनका दर्शकको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागेको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म‘लाज शरणम्’को एडभान्स बुकिङ आक्रामक, केही शो हाउसफुल
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार