भारतमा चौध हजारभन्दा बढी कोरोना संक्रमित
नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार २२:२६:५१
२९ साउन ,एजेन्सी । भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ संक्रमित भएका हुन् ।
यसैसँगै भारतमा हाल कुल संक्रमतिको सङ्ख्या चार करोड ४२ लाख ५३ हजार चार सय ६४ जना पुगेका संघय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।
भारतमा दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार आठ सय ६१ रहेको छ ।
कोरोना संक्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा हिजो एक दिनमा १६ हजार चार सय ५४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ९ हजार पाँच सय ६६ जना कोरोनामुक्त भएका छन् ।
नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ९९ लाख ६३ हजार पाँच सय ५५ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार