फिलिपिन्समा पनि बढ्यो काेराना संक्रमण, एकै दिन ४८ को मृत्यु
नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार २२:५९:९
२९ साउन, एजेन्सी । फिलिपिन्समा पनि पछिल्लो समयमा काेराेनाको संक्रमण बढेको छ । सो संक्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो संक्रमण देखिएको छ ।
यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय संक्रमितहरुको संख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय संक्रमित रहेका जनाएको छ ।
गत जनवरी १५ मा ३९ हजार चार जनामा कोभिडको संक्रमण देखिएको थियो । एकै दिनमा भएको कोरोना संक्रमण सबैभन्दा धेरै संख्या हो । फिलिपिन्समा कोरोना शुरुभएबाट हालसम्म यस संक्रमणबाट ६० हजार नौ सय ९२ जनाको मृत्यु भ्एको छ ।
यसैबीच मलेसियामा शनिबार रातिसम्म थप चार हजार तीन सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । संक्रमणको कारण १० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो यहाँ अहिलेसम्म ४७ लाख ३२ हजार भन्दा बढीमा सो संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल यहाँ ४४ हजार छ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६८ जनाको सघन उपचार केन्द्रमाा उपचार भइरहेको समाचारमा जनाइएको छ ।
पछिल्लो समय भेटिएका यी संक्रमितहरू प्रायः सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाली सरकारले कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका संक्रमतिहरुमा मृत्युदर भने निकै कम रहेको पनि बताइएको छ ।
यसैबीच पाकिस्तानमा शनिबार पाँच सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका र चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।
मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार नयाँ संक्रमणसँगै देशभर कुल सङ्क्रमितको संख्या १५ लाख ६२ हजार आठ सय ८८ पुगेको छ ।
पाकिस्तानमा कोरोना शुरुभएबाट हालसम्म संक्रमणबाट ३० हजार पाँच सय २७ जनाको मृत्यु भएको छ । हाल यहाँ एक सय ७८ जना विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार