सहयात्री कोअपरेटिभ १२ औं बर्षमा प्रवेश, नगरप्रमुख रेग्मीलाई ५ हजार झोला हस्तान्तरण
नेपालबहस संवाददाता
साउन २९, २०७९ सोमबार १:१७:४६
२९ सााउन, स्याङ्जा । सहयात्री कोअपरेटिभ स्याङ्जाले संस्थाको ११ औं बार्षिकउत्सवको अवसरमा सपिङ् ब्याग वितरण गरेको छ । “सफा पुतलीबजार राख्न, हाम्रो सानो प्रयत्न” नारा अंकित झोला पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीलाई हस्तान्तरण गरि शुभारम्भ गरिएको हो ।
प्लास्टिकजन्य झोला विस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले सहकारीले सो झोला वितरण गरेको हो । झोला ग्रहण गर्दै नगर प्रमुख रेग्मीले सहयात्रीले स्थापनाकालदेखि नै विभिन्न रचनात्मक काम गर्दै आएको स्मरण गर्दै बार्षिकउत्सवको अवसरमा स्वच्छ र सफा पुतलीबजार निर्माणमा हातेमालो गरेकोमा आभार ब्यक्त गर्दै प्लास्टिकमुक्त पुतलीबजार बनाउन सबैले सहकार्य र सहयोग गरिदिन आग्रह गरेका छन् ।
कार्यक्रममा वातावरण तथा सरसफाई शाखा प्रमुख धनप्रसाद कोइराला, सहकारी शाखा प्रमुख बिष्णु ढकाल, प्रेम थापा, सबईन्जिनियर अरुण पौडेल, वडा नं -३ अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ लगायतले स्वच्छ पुतलीबजार निर्माणका लागि एउटा उदाहरणीय अभियान भएकाले नगरबासीले व्यवसाय र किनमेलमा प्लाष्टिक झोलाको प्रयोग नगरी सो झोलाको प्रयोग गरिदिन आग्रहकासाथ शुभकामना प्रदान गरेका थिए ।
सहकारीले पहिलो चरणमा नगरभित्रका ५००० (पाँच हजार) घरधुरीमा सो झोला वितरण गर्ने र पुतलीबजार नगरपालिकासँग समन्वय गरी नगरभित्रका १२००० (बाह्र हजार) घरधुरीमा पुर्याउने लक्ष्य रहेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीबहादुर गुरुङ्ले जानकारी दिए। २०६९ सालमा स्थापित सहकारीमा २०२० शेयर सदस्य रहेका छन । सहकारीका अध्यक्ष अज्योद्दा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मनोज मल्लले गरेका थिए ।
दृष्टिबिहीनहरुका लागि सेतो छडि वितरण गरि स्थापना गरिएको यस संस्थाले सामाजिक उत्तदायित्व अन्तर्गत हालसम्म तपशिलका कार्यक्रमहरु संचालन गरिसकेको छ ।
♦ चम्पागिरि आश्रममा आर्थिक सहयोग
♦जिल्ला अस्पताल स्याङ्जामा फलफुल वितरण, पानीका जार वितरण, दिशानिर्देश बोर्ड सहयोग
♦२०७२ सालको भुकम्पमा गोर्खाको बारपाक लगायत पुतलीबजारका विभिन्न वडाहरुमा भुकम्प पीडितहरुका लागि कपडा, खाद्यान्न तथा जस्ता सहयोग
♦रामनदी बृद्दाश्रममा आर्थिक तथा खाद्यान्न सहयोग
♦अमोर सेवा नेपाल (बालगृहमा) खाद्यान्न सहयोग
♦बाल बचतकर्ताहरुका लागि निशुल्क झोला वितरण
♦निशुल्क दन्त तथा स्वास्थ्य शिविर
♦कोभिड (१९ पहिलो संक्रमणको बेलामा पुतलीबजार नगरपालिकामार्फत खाद्यान्न वितरण
♦कोभिड(१९ दोस्रो संक्रमणमा सर्वसाधारणमा निशुल्क मास्क वितरण
♦सफा पुतलीबजारका लागि निशुल्क बजार झोला वितरण
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार