‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरीले प्रतिस्पर्धा गर्ने

नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार १८:१५:६

३० साउन, काठमाडौं । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।
उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् ।यसबर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् ।
यस्तै, विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् । निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगीतामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाहरूले समेत सहभागिता जनाउन पाउने बताइन् ।
‘मैले सधै नै मिस यूनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागु हुने समावेशिता हो । आउँदो वर्षदेखि लागू हुने गरि गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरुका लागि लागु हुनेमा विश्वास लिएकी छु,’ उनले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार