बुद्ध एयर मार्फत पोखरा पुगिन राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार २३:१९:५६
३० साउन, गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेका हुन् ।
पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छन् । उनी मंगलबार बिहान ८।३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति मङ्गलबार नै दिउँसो १० बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडौं फर्कने कार्यक्रम छ । राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार