जुम्ल्याहा शिशु र आमाको निधन भएपछि भेरी अस्पतालमाथि प्रश्न खडा
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १२:४७:१६
३१ साउन, बाँके । भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिला र शिशुको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमा तनाव सिर्जना गरेका छन् ।
अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो । सुत्केरी ब्यथाले च्यापेपछि उनी भेरी अस्पतालमा पुगेकी थिइन् । चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो करिब ३ बजेतिर आमा र दुबै बच्चाको मृत्यु भएको आफन्तले बताएका छन ।
चिकित्सकको लापरबाहीले सुत्केरी आमा र शिशुको मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी तनाव सिर्जना गरेका हुन् । परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि भेरी अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्यु हुने गरेको छ । महिला र शिशुको मृत्यु हुने गरेपछि भेरी अस्पतालको वर्थिङ सेन्टर पटक–पटक विवादमा तानिने गरेको हो । घटनाको विषयमा अस्पतालले केही बोलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार