ब्राह्मणले बाटो बिराउँदा संस्कारगत विचलन आयो’
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १६:५६:४९
३१ साउन, काठमाडौं । वेदोक्त वचनअनुसार ब्राह्मणले बाटो बिराउँदा संस्कारगत रुपमा अहिलेको विचलन आएकाले सुधार हुनुपर्नेमा जोड दिइएको छ ।
अखिल भारतवर्षीय ब्राह्मण महासभाको कार्यकारी बैठक शुभारम्भ समारोहलाई सोमबार सम्बोधन गर्ने वक्ताहरुले वेदानुकूल कर्तव्यनिष्ठ भएर काम गर्न ब्राह्मण वर्गलाई आह्वान गरे ।
पूर्वमन्त्री एवं नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले वैदिक ब्राह्मणको संरक्षणका लागि विभिन्न काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
फाउण्डेशनको नेतृत्वमा देशभर करिब ९० गुरुकुलमा वैदिक रुद्राभिषकसहित वैदिक ब्राह्मण जागरणका काम भइरहेको जानकारी पनि कार्यक्रममा उनले दिए ।
महासभाका केन्द्रीय अध्यक्ष गोपालदत्त शर्माले तीर्थै तीर्थको देशका रुपमा रहेको नेपाललाई हिन्दू राज्यका रुपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी लिने गरेको बताए ।
महासभाका नेपाल शाखा अध्यक्ष सहप्रा डा माधवप्रसाद पाण्डेयले पराशर, व्यास, श्रृङ्गी, वाल्मीकि, विश्वमित्रलगायत ऋषिको साधना भूमि नेपाल तपोस्थलका रुपमा रहेकाले वैदिक ब्राह्मण जागरणको नेतृत्व यहीँबाट हुने प्रतिबद्धता जनाए ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेकी संहिता शास्त्री अर्जुनप्रसाद बाँस्तोलाले नेपाल भारतबीच जनस्तरसम्म सम्बन्ध विस्तार गरी दुवै देशका ब्राह्मणलाई वेदानुकूल आचरणमा ढाल्न सहकार्य हुनुपर्नेमा जोड दिएका दिए । आजसम्म चल्ने कार्यक्रममा काठमाडौँ घोषणा पत्रसमेत जारी गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार