म्याग्दीमा कर्मचारी अभाव, सेवामा समस्या
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १७:१९:४
३१ साउन, म्याग्दी । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ । विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन् ।
चार/चार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए । “सरुवा भएर गएका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नआउँदा जनशक्ति अभाव भएको हो”, उनले भने, “थोरै कर्मचारीलाई कामको भार पार्नुका साथै सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउन चुनौति भएको छ ।
” मालपोतमा दरबन्दी अनुसारको पदपूर्तिका लागि मन्त्रालय र लोक सेवा आयोगमा माग गरिएको कार्यालय प्रमुख कार्कीले बताए । दुई कम्प्युटर अपरेटर करारका छन् ।
जनशक्ति अभावका कारण सेवा प्रवाहमा चुनौति देखिएको छ । मोठमा काम गर्ने प्रशासनिक जनशक्ति कम हुँदा जग्गाको अभिलेख भिडाउने र त्यसलाई प्रक्रिया पु-याउन अन्य फाँटका कर्मचारी परिचालन गरिएको छ । दुई कर्मचारी आवश्यक पर्ने मोठमा एक छन् ।
यसैबीच घरजग्गाको कारोबारबाट मालपोत कार्यालयले एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा रु पाँच करोड चार लाख ८४ हजार नौ सय १० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
मालपोत अधिकृत कार्कीले अघिल्लो वर्षको तुलनामा करिब रु सात लाख कम राजस्व सङ्कलन भएको बताए । “नगरपालिका क्षेत्रमा घरजग्गाको कारोबार गर्दा शून्य दशमलब ५० प्रतिशतका दरले तिर्नुपर्ने नगर सुधार कोषको शुल्क हटेकाले अघिल्लो वर्षको तुलनामा राजस्व घटेको हो”, उनले भने, “अघिल्लो वर्ष रु ३२ लाख ५३ हजार सङ्कलन भएको नगर सुधार कोषको शुल्क हट्दा पनि रु पाँच करोड चार लाख राजस्व सङ्कलन भएको छ ।”
आव २०७७/७८ रु पाँच करोड ११ लाख तीन हजार छ सय र २०७६/७७ मा रु तीन करोड २९ लाख ४३ हजार आठ सय छ राजस्व सङ्कलन भएको थियो ।
दुई हजारले बैंक, वित्तीय संस्था र सहकारीमा घरजग्गा धितो राखेर कर्जा लिएका छन् । चार सय ३४ नामसारी, आठ सय १२ राजिनामा, एक सय २३ अंशबण्डा, चार सय ३४ नामसारी, ६२ बकपत्रसम्बन्धी काम भएको छ ।
घरजग्गाको रजिस्टे«शनबाट रु दुई करोड २० लाख ७४ हजार तीन सय ५७, पुर्जा बिक्रीबाट रु ३९ हजार ९७५, न्यायिक दस्तुरबाट रु छ लाख ७५ हजार २९, रोक्का दस्तुर रु दुई लाख २४ हजार पाँच सय ५० राजस्व सङ्कलन भएको छ ।
सेवा शुल्कबाट रु ९५ लाख ७५ हजार नौ सय ३०, पुँजीगत लाभकरबाट रु एक करोड ७८ लाख ९५ हजार ६९ राजस्व सङ्कलन भएको छ । रजिष्ट्रेशन शुल्कअन्तर्गत राजस्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई उपलब्ध गराइएको छ । गत वर्ष तीन सय १५ महिला र ४१ दलितको नाममा घरजग्गा रजिष्ट्रेशन गरेवापत छुट पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार