वामदेवलाई बर्दिया भन्दा प्युठान चुनाव लड्न सुरक्षित
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १८:५१:११
३१ साउन, काठमाडौं । बर्दिया क्षेत्र न १ बाट पराजित भएका वामदेव गौतम आगामी निर्वाचनमा प्युठान बाट चुनाव लडने मनस्थिति बनाएको बुझिएको छ । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् ।
गौतमले प्युठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्युठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी केन्द्रसँग प्रस्ताव गरेका हुन् ।
०७० मा गौतमले प्युठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि गौतम बर्दिया–१ बाट चुनाव लडे ।
चुनाव जित्न भने सकेनन् ।कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित गौतमले आगामी चुनाव भने प्युठानबाट लड्ने मनसाय बनाएका छन् । माओवादी केन्द्रको चिह्नबाट गौतम चुनाव लड्न लागेका हुन् ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा एमालेको मत ३९ हजार ८७७ छ ।
यसैगरी नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ ।प्रतिनिधि सभामा प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएपछि कतै पनि नलागेका गौतमले केही समय अगाडि मात्रै नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार