तराईमा चलेको पूर्विय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १९:१७:२०
♦विशाल बस्नेत
३१ साउन, महोत्तरी । मध्यतराईमा केहिदिनदेखि चैत वैशाखमा जस्तो पूर्विय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास-७ का विजय यादवले यसअघि वर्षायाममा यस्तो बतास अनुभव नगरेको बताए । यो हावा स्वास्थ्यको लागि निक्कै हुने स्वास्थ्यकर्मीहरूले बताएको उनको भनाइ छ ।
हावा चलेपछि रोगव्याधी मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूको चेतावनी छ । ञयसपालि धान उत्पादनमा समेत भारी र्हास आउनेछ धेरैको अनुमान छ,झ उनले भने । चैत, वैशखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्विय हावा पनि भन्ने गरिएको छ ।
वर्षा हुने समयमा वर्षा नहुने र खडेरी परिरहेकाले प्राकृतिक विपत्तीका घटना बढन सक्ने भन्दै सर्वसाधारण चिन्तित पनि बनिरहेका छन् । स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपुर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने वातावरणविद्हरूको चिन्ता छ ।
ञवर्षाको समयमा औसत पानी नपरेको कारण पूर्विय हावा तेज गतिमा चलिरहेको छ, त्यसो हुँदा यसपालि प्राकृतिक समस्या पनि त्यतिकै आउन सक्छ ।झ वातावरणविद् विराट पन्तले उनले भने ।
यस्तो हावाले अहिले किसानहरूले लगाएका धानबालिमा असर पर्दै गएको छ । यस्तो प्रकारको हावाले वनस्पति तथा कृषिजन्य वस्तुहरूमा समस्या पर्न सक्ने वातावरणविद्हरू बताउँछन् ।
एलर्जी, मौसमी ज्वरोको जोखिम
सर्वसाधारणहरूलाई यस्तो प्रकारको हावाले विभिन्न रोग ल्याउन सक्ने भएकाले सजग रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक प्रदीपकुमार साहकाअनुसार एलर्जी र मौसमी ज्वरो, रुघाखोकीका बिरामीहरुलाइ अत्याधिक समस्या वनाउने गर्दछ ।
उनले एलर्जीका बिरामीहरूले विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन् । ‘गर्मीयाममा सबैलाई एलर्जी हुन्छ । अझ यस्तो प्रकारको हावाले एलर्जी बढाउन मद्दत गर्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।’डाक्टर साहले भने ।
हावाको मात्र त्रास हैन बर्षाको त्रास समेत बढ्दै गएको छ । नेपालमा बिशेषारी १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । तर, निर्धारित समयमा मनसुन सक्रिय बन्न नसक्दा किसानहरू कहिले बर्षा हुन्छ र समस्या बनाउने होला भनेर त्रास बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार