अवरूद्ध आणविक सम्झौता वार्ता पुनः थाल्न इरानले दियो लिखित जवाफ
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार २३:२२:३४
३१ साउन , एजेन्सी । विश्व शाक्तिराष्ट्रहरूसँग अवरूद्ध भएको आफ्नो आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानले लिखित जवाफ प्रस्तुत गरेको छ । रोकिएको वार्ता पुनः थाल्न तेहरानले अन्तिम मार्गचित्रका रूपमा वर्णन गरिएको लिखित जवाफ युरोपेली संघसमक्ष प्रस्तुत गरेको हो ।
वार्ताका लागि संघले मध्यस्थता गरेकाले इरानले लिखित जवाफ दिएको हो । जवाफका अन्तर्वस्तुको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । राज्य सञ्चालित समाचार समिति इर्नाका अनुसार इरानले पेश गरेका जवाफमा संघको मध्यस्थतालाई स्वीकार गरेको छैन ।
इरानले तीनवटा विषयमा केन्द्रित भएर जवाफ दिएको र त्यसमा अमेरिकाले मौखिकरूपमा व्यक्त गरेको लचिलोपन तथा सम्झौताको निरन्तरताको प्रत्याभूतिलाई वार्ता एवम् सम्झौताका दस्तावेजहरूमा सवावेश गर्नुपर्नेमा जोड दिइएको छ ।
कट्टरपन्थी राष्ट्रपति इब्राहिम राईसीको नेतृत्वमा तेहरानले सम्झौतामा पुग्न भएको विलम्बका निम्ति वासिङटनलाई दोष दिने प्रयास गरेको छ ।
संघलाई इरानको लिखित जवाफ सोमबार राति प्राप्त भएको बताउँदै संघको विदेश मामिला तथा सुरक्षा नीति प्रवक्ता नबिला मस्रालीले प्राप्त जवाफको अध्ययन भइरहेको बताइन् ।
संयुक्त विस्तृत कार्य योजना (जेसिपीओए)का सदस्य देश र अमेरिकासँग त्यससम्बन्धमा छलफल एवम् भावी योजनाबारे विचारविमर्श गरिने उनले जानकारी दिएकी छन् ।
सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई एकपक्षीय रूपमा वार्ताबाट अलग्याएपछि इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको हो । फलस्वरुप तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू भए ।
त्यसपछि अप्रत्यक्ष वार्ताका लागि सङ्घले मध्यस्थता गरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पनि अमेरिकाले आफ्नो अवधारण संघमार्फत सार्वजनिक गर्ने बताएका छन् ।
आफ्नो देशमाथि लादिएको प्रतिबन्ध हटाउन विश्व शक्तिराष्ट्रहरूसँग आणविक सम्झौतामा हस्ताक्षर गरेर आफ्नो आणविक कार्यक्रमलाई रोक्न इरान सहमत भएको थियो ।
गत साता सङ्घसँग भएको अनौपचारिक वार्तामा पनि तेहरानले इरानको आर्थिक हित सुनिश्चितताको प्रत्याभूत अमेरिकाले गर्नुपर्नेमा जोड दिएको थियो ।
सन् २०२१ को एप्रिल यता इरान र आणविक सम्झौताका बाँकी पक्षबीच भिएनमा आठ चरणमा वार्ता भइसकेका छन् । तेहरानले आणविक सम्झौता कार्यान्वयनका लागि आफूमाथि लगाइएका प्रतिबन्धको फुकुवा गर्नुपर्ने अडान त्यागेको छैन ।
युरेनियम सम्वर्धनको क्षमता बढाउने इरानी निर्णयको तेहरानले बचाउ गर्दै आएको छ । अमेरिकी प्रतिबन्ध दमनकारी र इरानी जनताको अधिकारविरुद्ध भएको उसको तर्क छ ।
आफूमाथि लागेका प्रतिबन्ध हटाउन तेहरानले आफ्नो अन्तर्निहित आचरणका साथै खतरनाक गतिविधि अन्त्य गर्नुपर्नेमा अमेरिकाले जोड दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
एसइईको परीक्षा आवेदन फाराम खुला
पुष १२, २०८१ शुक्रबार