स्थानीय तहका एक लाख २३ हजारभन्दा बढी उम्मेदवारविरुद्ध आयोगले थाल्यो कारबाही प्रक्रिया
नेपालबहस संवाददाता
साउन ३१, २०७९ बुधबार २:२९:५८
३१ साउन,काठमाडाैं । निर्वाचन आयोगले कानुन बमोजिम निर्वाचन खर्चको विवरण पेस नगर्ने एक लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिइ तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना तथा तोकिएको समयावधिभन्दा ढिलो गरी विवरण बुझाउने ८ हजार ६५२ जनालाई आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगका अनुसार उनीहरुलाई तोकिएको समयभित्र के-कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा किन कारबाही हुनु नपर्ने भन्नेबारे ७ दिनभित्र आफ्नो सफाइसहितको स्पष्टीकरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न भनिएको छ ।
आयोगले उक्त निर्वाचनमा उम्मेदवारमध्ये तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण पेस गरेका २१ हजार २३० जना उम्मेदवारको हकमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारले आफू उम्मेदवार भएको स्थानीय तहको कार्यालयमा र वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य पदका उम्मेदवारहरूले आफू उम्मेदवार भएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिने निर्णयसमेत गरेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार