युक्रेनका राष्ट्रपतिले राष्ट्रसङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार १८:१२:५७
१ भदौ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्नुे भएका छन्।
उनले यसै हप्ता उनीहरुसँग भेटवार्ता गर्न लाग्नुभएको कुरा महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकलाई उद्धृत गर्दै युक्रेनी समाचार समितिले जानकारी दिएको हो ।
सो भेटवार्ता युक्रेनमा नै हुने भएको छ । समाचारमा जनाइएअनुसार सो भेट युक्रेनको पश्चिमी शहर एलभिवमा हुन लागेको हो । बिहीबार हुन लागेको सो भेटवार्ताको एजेण्डाका बारेमा भने केही जानकारी दिइएको छैन । त्यसपछि शुक्रबार राष्ट्रसङ्घीय महासचिव गुटर्रेसले युक्रेनको दक्षिणी ओडेसा शहरको बन्दरगाह भ्रमण गर्नुहुने पनि बताइएको छ ।
यही जुलाई २२ मा संयुक्त राष्ट्रसङ्घको समेत उपस्थितिमा सो बन्दरगाहबाट युक्रेनका र अन्य देशबाट आएका खाद्यान्न निकासी गर्न दिने बारेमा युक्रेनले हस्ताक्षर गरेको थियो ।
सो सम्झौता अगष्ट १ देखि कार्यान्वयनमा आएको छ र त्यसयता उक्त बन्दरगाहबाट मात्र पाँच लाख ६३ हजार मेट्रिक टन खाद्यान्न निर्यात पनि भएको छ ।
युक्रेनमा रुसी हमलापछि यहाँको आर्थिक तथा अन्य अवस्था कमजोर बन्दै गएको छ । अहिले पनि विभिन्न स्थानमा रुसको हमला जारी छ । रुस र युक्रेनबीच जारी तनावको स्थानीय समाधान निकाल्न सकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार