लक्ष्य अनुरूप उच्च अदालत विराटनगरद्वारा तीन हजार मुद्दा फर्छौट
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार १९:१४:२४
१ भदौ , विराटनगर । उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको छ ।
गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकामा ९० थान मुद्दा कम फर्छौट भएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए ।
अदालतले सरल ८२६, सामान्य एक हजार ५८५, विशेष एक र मार्ग समूहमा नपर्ने ४२ थान मुद्दा फर्छौट गरेको छ । कूल लगतको एक हजार ९७८ फर्छौट हुन बाँकी रहेको अदालतमा २६२ थान मुद्दा मूलतवी रहेको उनले बताए ।
अदालतमा कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले ३९८, दिनेशप्रसाद यादवले १४५, कृष्णकमल अधिकारीले ५६९, रामबहादुर थापाले १०७, राजनप्रसाद भट्टराईले ५६१, मुरारीबाबु श्रेष्ठले ६३५, मिलनकुमार राईले ६७२, किरणकुमारी गुप्ताले ५६२, जगतनारायण प्रधानले
४६७, तिलप्रसाद श्रेष्ठले ७३२, प्रेमराज ढकालले ३६६, यमुना भट्टराईले ३८८ र तेजनराययण सिंह राईले ४२२ थान मुद्दा फर्छौट गरेका छन् । चालु आर्थिक वर्षमा तीन हजार ३३६ थान मुद्दा फर्छौट गर्ने लक्ष्य लिएको अदालतले सो अवधिमा जिम्मेवारी सरेर आएका एक हजार ९७८ मा
नयाँ तीन हजार ३१६ मुद्दा दर्ता हुने र चालु आर्थिक वर्षको साउन महिनामा १८६ थान मुद्दा फर्छौट भएको रजिष्ट्रार थपलियाले जानकारी दिए । मुख्यन्यायाधीशविहीन रहेको अदालतमा करिब छ महिनादेखि कामु मुख्य न्यायाधीशमार्फत काम चलिरहेको छ ।
अदालतमा प्रदेश नं १ सरकारले रु १० लाख लागतमा सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण गरेको छ । कामु मुख्य न्यायाधीश थारुले अदालतले सकेसम्म आफ्ना लक्ष्यलाई पूरा गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार