विकासको नमुना बन्दै बागमती नगरपालिका
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २०:७:२७
♦शङ्खर पहाडी
१ भदौ, सर्लाही। मधेस प्रदेशका अधिकांश स्थानीय तहहरु आन्तरिक विवादका कारण अत्यन्त जर्जर बनिरहेका बेला सर्लाहीको बागमती नगरपालिकाको अवस्था भने निकै फरक छ । नगरको दिगो विकास र समृद्धिका लागि महत्वपूर्ण योजनाहरु कार्यान्वयन गर्ने कार्यमा जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको देखिन्छ ।
पहिलो पटक निर्वाचित भएलगत्तै तलब भत्ता नलिने शपथ खानुभएका र आफ्नो लागि गाडी किन्न छुट्याइएको बजेटबाट जनताका लागि पानी ढुवानी गर्न ट्यांकर किनेर चर्चामा आएका नगरप्रमुख भरतकुमार थापाको नगर विकासको योजनाले यतिबेला सबैको मन जितेको छ । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित उनले आफ्नो कार्यकालमा नगरलाई देशकै नमूना पालिका बनाउने योजनाका साथ अगाडि बढेको बताउछन् ।
नगरप्रमुखमा आफू निर्वाचित भएर आएपछि नगरको चौतर्फी विकासमा ठूलो सम्भावना र चुनौती देखेको नगरप्रमुख थापाले बताउनुभयो । “नगर विकासको महत्वपूर्ण पाटो आन्तरिक आयस्रोत भए पनि हामीसँग त्यस्तो केही थिएन”, उनले भने, “त्यसैले मेरो पहिलो प्राथमिकता नै नगरको दिगो विकास, सुन्दरता परेको होे ।” यस नगरलाई प्रदेशकै सुन्दर र रमणीय पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको नगरप्रमुख थापाले बताए ।
“अरू पालिकाको जस्तो बेच्ने सामान वा उद्योगधन्दा केही हामीसँग छैन्”, नगरप्रमुख थापाले भने, “हामी पवित्र बागमतीको काखमा छौँ, उत्तरमा चुरे शृङ्खला छ, यसैलाई सिँगारेर नगरको आम्दानी गर्ने योजना बनाएका हौंँ ।” बागमती नगरपालिकाका नगरप्रमुख थापाले कोरोना भाइरसको विषम परिस्थितिमा समेत नागरिकको साथ बटुल्दै नागरिकको समस्या समाधान तथा राहत वितरणमा समेत माना पाथी अभियान संचालन गरेका थिए ।
यस नगरपालिकाले पहिलो कार्यकालमा सडक, शिक्षा र नगरको राष्ट्रिय गौरवको आयोजनामा समेत उल्लेख्य काम गरेको छ । अघिल्लो कार्यकालमा करिब दुई सय किलोमिटर सडक कालोपत्र गरिसकेको छ । नगरका अधिकांश सडकको स्तरोन्नतिपछि धुलो र हिलोमुक्त भएको छ ।
नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको कायापलटले नगरवासीको मन जितेको छ । बर्थिङ सेन्टरकै कारण सुत्केरीले पाउँदै आएको सास्तीसमेत कम भएको नगरवासीको भनाइ छ । विद्यालयको भौतिक संरचनाले मुहार फेरेसँगै विद्यार्थीको सिकाइ प्रभावकारी बनेको छ । बालमैत्री वातावरणमा शिक्षण सिकाइ, मन्टेश्वरी विधि र आधुनिक प्रविधिमैत्री शिक्षा बागमती नगरपालिकाको उद्देश्य रहेको नगर शिक्षा शाखाप्रमुख ओमबहादुर कार्कीले बताए । उनका अनुसार नगरपालिकाले दक्ष जनशक्ति उत्पादनलाई जोड दिँदै नगरमै सस्तो सर्वसुलभ ढङ्गले सिभिल इन्जिनियर, कृषि विज्ञान र पशु विज्ञानजस्तो महत्वपूर्ण प्राविधिक शिक्षासमेत संचालन गरिरहेको छ ।
नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रुपमा सुरु गरेको गौरवको आयोजना पोखरीको निर्माण कार्यको दुई चरण सम्पन्न गरिसकेको छ । कतिपय पोखरीको वरपर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको छ भने केही पोखरीमा पानी भरेर ढुङ्गा संचालनसमेत भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए । दीर्घकालीन रुपमा नगरको आयस्रोतका रुपमा समेत प्रयोग गर्न सकिने गरी पोखरीको परिकल्पना गरिएको उनको भनाइ छ ।
नगरपालिका–४ स्थित बागमतीको किनारमा निर्माण गरिएको पोखरी देशकै नमुना बन्नेछ । झन्डै एक सय २१ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको यो पोखरीमा माछापालनसँगै पर्यटकीय आकर्षणको थलो बनाइने लक्ष्य रहेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताए।
यस्तै नगरपालिकाले रु २८ करोडको लागतमा सुविधा सम्पन्न फनपार्क पनि निर्माण गर्न लागेको उनले जानकारी दिए । यस क्षेत्रमा मात्र नभएर यस प्रदेशमै नभएको सुविधा सहितको फनपार्क बागमती नगरपालिकाले निर्माण आरम्भ गरेको छ । बागमती सिँचाइको व्यारेज उत्तर हरिहर क्षेत्रमा करिब ६७ रोपनी क्षेत्रफलमा निर्माण हुने फनपार्कको पनि निर्माणको करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । फनपार्कमा सुविधा सम्पन्न अतिथि गृहदेखि स्विमिङ पुल, पार्कभित्र बालबालिकाका लागि खेल्ने सामग्रीसहितको चिल्ड्रेन पार्क, वनभोज स्थल, आकर्षक झर्ना, रेस्टुरेन्ट तथा बागमती किनारमा नदी शयरको समेत व्यवस्था रहने छ ।
विकासलाई रोजगारमुखी बनाउने अभियानअन्तर्गत नगरपालिकाले वडा नं ३, ४ र ११ मा एक सय ८० बिघा क्षेत्रमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेको छ । बगैँचा निर्माणले नगरको पर्यावरणसमेत सन्तुलित रहने अपेक्षा गरिएको छ । यसैगरी कृषि, पशु, बजार लगायतको व्यवस्थापनमा समेत नगरले मुख्य रुपमा ध्यान दिइरहेको उपप्रमुख मोक्तानले बताए । नगरपालिकाले थालनी गरेको विकासका कार्यहरुप्रति आमजनतासँगै राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुले पनि खुलेर प्रशंसा गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश बुढाथोकी जनताको आवश्यकता बुझ्नु नै आजको विकास भएको र बागमतीबाट अन्य स्थानीय निकायहरुले सिक्नुपर्ने थुप्रै कुरा रहेको बताउछन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार
देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको संकल्प
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार