एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, २२ अर्ब भन्दा माथि खर्च
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २१:३:४७
१ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना साउनमा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । साउनमा सरकारले राजस्व कर र गैरकरबाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन हो ।
एक महिनामा ७९ करोड ३० लाख अनुदान प्राप्त भएको छ । अन्य आम्दानी १० अर्ब ४८ करोड ४८ लाखसहित एक महिनामा कुल ९१ अर्ब रुपैयाँ आम्दानी भएको महालेखाले जनाएको छ । आम्दानीमा सरकारले दिने आन्तरिक तथा बाह्य ऋण भने जोडिदैन ।
यसबीचमा चालु, पूँजीगत र वित्तीय हस्तान्तरणमार्फत २२ अर्ब २५ करोड ८७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखाले वित्तीय व्यवस्थातर्फको खर्च भने विवरणमा राखेको छैन ।
सरकारले यस वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । एक महिनामा चालु खर्च ५ अर्ब ६५ करोड र वित्तीय हस्तान्तरणतर्फ १५ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ ।पूँजीगत खर्च भने १ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ मात्र भएको छ ।
यो लक्ष्यको ०।९३ प्रतिशत मात्र हो । सोहीकारण पूँजीगत खर्च भने कम हुने गर्छ ।सरकारले चालु आवमा पूँजीगत तर्फ ३ खर्ब ८० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । पूँजीगत खर्चका लागि गर्नुपर्ने पूर्वतयारीका काम आर्थिक वर्षको प्रारम्भिक महिनामा गर्ने प्रचलन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार