विद्युत् महसुल ३० करोड संकलन
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २१:६:१४
१ भदौ, वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल संकलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत चार करोड ७२ लाख ७८ हजार ४१२ युनिट विद्युत् उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युत्को महसुल संकलन गरेको केन्द्रले जनाएको छ ।
जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ ।
केद्रका अनुसार आव २०७७÷७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८÷७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरुबाट रु ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जनाएको छ । अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमि आएको छ ।
नौ सय ४७ सेवाग्राहीको रु नौ करोड पाँच लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट रु तीन करोड चार लाख ९७ हजार असूल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४४७ रहेको छ । आव २०७८÷७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा रु ३७ लाख ५० हजार खर्च गरेको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८÷७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने छ हजार तीन सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार