मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु : ओली
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २२:३२:२७
१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले २० अर्व सम्पत्ती भए पत्ता लगाएछि उसैलाई दिने बताएका छन । भ्रम छर्न यस्ता खालका गतिविधिको कुनै तथ्य नभएको बताउदै ओलीले आफूसँग भएको सम्पत्ति समेत दान गरेको दावी गर्दै आफ्नो २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाउन खोजेको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै व्यक्तिले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूसँग २० अर्ब रुपैयाँ रहेको र त्यो रिजर्भ बैंकमा रहेको दावी गरेको उल्लेख गर्दै सो पैसा जसले पत्ता लगाउँछ उसैलाई सबै दिने उल्लेख गरे । अबको चुनावमा केपी ओलीले २० अरब कि खरब खर्च गर्ने आरोप लगाएको उल्लेख गर्दै आफूले सम्पत्ति दान गरिसकेको बताए ।
अध्यक्ष ओलीले भने– ‘२ खरब छ रे केपी ओलीसँग, २ खरब त हैन २० देखि ४० अरब छ केपी ओलीसँग । कहाँ छ भन्दा रिजर्भ बैंकमा छ । उसले भनेको । सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शत प्रतिशत म उसकै नाममा गरिदिन्छु ।
२० अरबको मालिक त एकैपटक हुन पाउने भयो नि । त्यै काम गरे भइहाल्यो नि, दुनियाँ लफडा किन गरिरहने, २० अरब त एक पटक मै पाउने भयो नी । आफु संग भएको सम्पत्ती सवै सरकारको नाममा गरिदिएको बताउदै ओलीले आफुसंग उपचार गराउने पैसा समेत नभएको बताउदै २० अर्व सम्पत्ती कहा छ पत्ता लगाउनुहोस म उसैलाई सवै सम्पत्ती दिन्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार