अफगानिस्तानमा आगलागीका कारण आठ सय परिवार विस्थापित
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २२:३२:५
१ भदौ,एजेन्सी । अफगानिस्तानमा लागेको डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् ।
विस्थापित परिवारहरु जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सत्तार हलिमीले पत्रकारहरूलाई बताएका छन् ।
‘अगस्ट ८ मा शुरु भएको आगलागीले फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा सबैलाई घेरेको छ, प्रत्येक दिन पाँचदेखि छ घरहरू पूर्ण वा आंशिक रूपमा जलेको छ, र एक सय २० आवासीय घरहरु खरानी भएका छन्,’ एक अधिकारीले जानकारी दिएका छन् ।
प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा आगलागीबाट ठूलो क्षति पुगेको छ । अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार