कमला नदीको तटबन्धले बस्ती सुरक्षित
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १७:२८:५८
२ भदौ, जनकपुरधाम । कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थि इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो ।
नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघिनै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दैआएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको इनरुवा बजार, मल्हनियाँलगायतका बस्ती र जयनगर–कुर्था रेल्वे मार्गसमेत सुरक्षित भएको स्थानीयवासी मनोज यादवले बताए ।
“नेपाली भूमिमा बाँध निर्माण भए पनि करिब छ सय मिटर भारतीय भूमिमा बाँध निर्माण हुन नसक्दा हाम्रो इनरुवा बजार असुरक्षित थियो, बर्सेनि वर्षायाममा कमलाको बाढी बजारमा पुग्दा ठूलो कष्ट भोग्न बाध्य थियौँ”, उनले भने, “तर अब भारतीय पक्षले आफ्नो भूमिमा बाँध बनाएपछि पूर्णरुपले हामी सुरक्षित भएका छौँ ।” बाँध निर्माणपछि भारतीय बजार जयनगरसम्म पुग्नसमेत सहज भएको छ ।
“सीमावर्ती गाउँ बल्डीहा नजिकै लामो समयदेखि तटबन्ध नबन्दा पहिला स्थानीयलाई ठूलै सास्ती हुँदै आएको थियो”, जनकनन्दनी गाउँपालिकाका सफिक मियाँले भने, “नेपालतर्फको सबै ठाउँमा बाँध बनिसकेको थियो, तर बोर्डमै बाँध नबन्दा बर्सेनि डुबानसँगै भारतीय बजार जयननगरसम्म पुग्नसमेत सास्ती हुन्थ्यो ।”
नेपाली पक्षको दबाब र प्रयासमा भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध बनाएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले बताए । “हामीले भारतीय पक्षलाई ठाउँमा तटबन्ध बनाउन आग्रह गर्दैआएका थियौँ”, उनले भने । उक्त ठाउँमा तटबन्ध नहुँदा नेपाली बस्ती मात्रै डुबानको चपेटामा थियो ।
भारतीय पक्षले बनाएको तटबन्धका कारण नेपाली भूमि मात्र सुरक्षित भएको छैन, यातायात संचालन गर्नसमेत सहज भएको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्गको पोर्ताहादेखि भारतीय सीमावर्ती क्षेत्रसम्म करिब ३५ किलोमिटरको सो तटबन्धबाट दैनिक सयौँको संख्यामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन भारतीय बजारबाट ओहोरदोहोर गरिरहेका छन् ।
यस्तै कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् ।
तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको विभिन्न वडाका गाउँ सुरक्षित भएको स्थानीयले बताएका छन् ।
बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन, ठूलो क्षेत्रफलमा जग्गा नदी उकाससमेत भएको छ । बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुंगा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिरहाको करिब २६ हजार आठ सय ८७ घरधुरी लाभान्वित भएको आयोजना प्रमुख यादवले जानकारी दिए ।
कमला नदीमा ६८ दशमलव २५ किलोमिटर तटबन्ध बनाउँदा दुवैतर्फ करिब दुई हजार पाँच सय हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएको छ । एक लाख ४५ हजार छ सय ५३ जना प्रत्यक्ष लाभान्वित भएका प्रमुख यादवले बताए । तटबन्ध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभूति गर्दै स्थानीयले उकास भएका जग्गामा धमाधम खेतीपातीका साथै घेरवार गरी नर्सरी बनाउन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार