शुभलक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १७:५४:४२
२ भदौ, काठमाडौं । लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने बिहीबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
लक्ष्मी क्यापिटलले १९ साउनदेखि ‘शुभलक्ष्मी कोष’ को कुल पाँच करोड इकाइ निष्कासन गरेको हो । जसमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी चार करोड ७५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।
लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार