सुविधा सम्पन्न बसपार्क निर्माण
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १८:११:१९
२ भदौ , सर्लाही । मलङ्गवा नगरपालिका–२ मा करिब रु छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ ।
नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरु सञ्चालनमै रहेका र चाँडै नै नयाँ बसपार्कबाट बस सञ्चालन हुने बताइएको छ ।
नयाँ बसपार्क निर्माण भएको करिब छ महिना भइसकेको भए पनि सञ्चालनका लागि समन्वय भइरहेको र चाँडै नै सबै पक्षसँग समन्वय गरी सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी गौतमले बताए । पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारीसाधनको चाप बढेका कारण नयाँ बसपार्कको निर्माण गरिएको हो ।
टर्मिनल भवनसहित निर्माण गरिएको उक्त सुविधा सम्पन्न बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नगरपालिका र मलङ्गवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामसमेत रहेको मलङ्गवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा निकै ठूलो समस्या देखिएको थियो ।
बजारको बीचमा रहेको जनसागर बजारमा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार