काेराेना महामारीकाे भन्दाबढि भयानक जापानमा आत्महत्याकाे दरमा वृद्धि, किन आत्महत्या गर्दैँछन यूवा?
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १९:४५:५१
२ भदौ,एजेन्सी । काेराेना महामारी भन्दाबढि भयानक जापानमा आत्महत्या जापानमा बढि रहेकाे छ । काेराेना महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ ।
सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्था क्योदोले बुधबार जनाएको छ । उक्त समूहले काेराेना महामारीपूर्वको सोही अवधिको तुलनामा यो संख्या अत्यधिक भएको बताएको छ ।
अनुसन्धान रिपोर्ट अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेरका युवती भएको पाइएको छ । काेराेनाका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि उल्लेख्य संख्यामा प्रभावित बनेको जनाइएको छ ।
विवरण अनुसार उक्त अवधिमा महिलापुरूष गरी एक हजार ८३७ यूवाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए । महामारीका कारण भएका भनिएका ३७७ आत्महत्या मध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन् ।
टोकिया विश्वविद्यालयका सह–प्राध्यापक ताइसुके नाकाताले क्योदोसँग भने, “पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुन्छन्, जबकि व्यवहारिक प्रतिबन्धका कारण युवाहरू आइसोलेसनमा बस्न बाध्य हुने सम्भावना बढी हुन्छ ।
क्योदोका अनुसार ‘जापानमा आत्महत्याको दर बढ्नुको प्रमुख कारण आर्थिक कठिनाइ रहेको विश्वास गरिएको छ, किनकि बेरोजगारी बढ्दै जाँदा आत्महत्याको मृत्यु दर बढ्छ’ ।
ओसाका विश्वविद्यालयका प्राध्यापक फुमियो ओटाकेले आत्महत्याको संख्याजस्ता तथ्याङ्कलाई ध्यानमा राखेर सरकारले आफ्नो नीति परिवर्तन गर्न आग्रह गरे । काेराेना सम्बन्धी सरकारी समितिका सदस्यसमेत रहेका ओटाकेले भने, “सामाजिक र आर्थिक गतिविधि रोक्नका लागि कोरोना भाइरसको संक्रमण नियन्त्रणको जोखिमलाई मूल्याङ्कन गर्न जरूरी छ ।”
उनले सामाजिक–आर्थिक गतिविधि कायम राख्न संक्रमित बिरामीका लागि आइसोलेसन अवधि घटाउनेजस्ता उपायलाई खुकुलो बनाउन आवश्यक रहेको बताए ।
जापानमा सन् २०१० देखि हरेक वर्ष आत्महत्याका घटनामा कमी आएको थियो । तर सन् २०२० मा यसमा वृद्धि आएको र सन् २०२१ मा पनि उस्तै रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार