इलाममा रोपाईंजात्रा मनाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार १९:५६:८
![](https://nepalbahas.prixacdn.net/media/albums/ropai-jatra1_uhGYnj3oji.jpg)
२ भदौ, मंगलबारे । परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँ जात्रा आज इलाम बजारमा धुमधामका साथ मनाइएको छ । नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा यो पर्व मनाइएको हो ।
संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए। उनले यस वर्ष बन काइला र वन काइलीसमेत निकालिएको छ । जुन पहिला राज्य प्रमुख (राजा रानी) आउँदा इलाम बजारमा निकालिने गरिन्थ्यो ।
अघि अघि हल गोरु र हलीको वेषमा कलाकारबीचमा पञ्चेबाजासहित धान रोपेको अभिनयका साथमा कलाकारले रोपाइँ जात्रामा मनोरञ्जन दिने गर्दछन् । साथै मुङ्ग्रे, साधु, माग्ने र जोगीको अभिनयसहित कलाकारले बजार परिक्रम गरेका छन् ।
जिल्लाका विभिन्न बजारमा यो जात्रा मनाइने गरिएको छ । रोपाइँ गरेर गलेका किसानलाई मनोरञ्जन प्रदान गर्न सुरुमा यो पर्व मनाउन थालिएको बताइएको छ । विभिन्न बजारमा लाग्ने हटियाको दिन पारेर यो जात्रा निकालिन्छ ।
पश्चिमी क्षेत्रमा रहेको मङ्गलबारे बजारमा बुधबार धुमधामका साथ रोपाइँजात्रा पर्व मनाइएको छ । परम्परागत रुपमा मनाइँदै गरेको जात्रा यस वर्ष पनि मनाइएको हो । जात्रा स्थानीय भानुभक्त माविको आयोजनामा निकालिएको हो । विक्रम संवत् २०१८ बाट मनाइँदै आएको जात्रा कोरोनाका कारण यस अघिका दुई वर्ष र माओवादी द्वन्द्वका समयमा दुई वर्षबाहेक हरेक वर्ष मनाउँदै आइएको भानुभक्त माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार