इलाममा धुमधामका साथ रोपाईंजात्रा मनाइयो
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार २०:३७:५
२ भदौ, मङ्गलबारे । परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँ जात्रा आज इलाम बजारमा धुमधामका साथ मनाइएको छ । नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा यो पर्व मनाइएको हो ।
संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए । उनले यस वर्ष बन काइला र वन काइलीसमेत निकालिएको छ । जुन पहिला राज्य प्रमुख (राजा रानी) आउँदा इलाम बजारमा निकालिने गरिन्थ्यो ।
अघि अघि हल गोरु र हलीको वेषमा कलाकारबीचमा पञ्चेबाजासहित धान रोपेको अभिनयका साथमा कलाकारले रोपाइँ जात्रामा मनोरञ्जन दिने गर्दछन् । साथै मुङ्ग्रे, साधु, माग्ने र जोगीको अभिनयसहित कलाकारले बजार परिक्रम गरेका छन् ।
जिल्लाका विभिन्न बजारमा यो जात्रा मनाइने गरिएको छ । रोपाइँ गरेर गलेका किसानलाई मनोरञ्जन प्रदान गर्न सुरुमा यो पर्व मनाउन थालिएको बताइएको छ । विभिन्न बजारमा लाग्ने हटियाको दिन पारेर यो जात्रा निकालिन्छ ।
पश्चिमी क्षेत्रमा रहेको मङ्गलबारे बजारमा बुधबार धुमधामका साथ रोपाइँजात्रा पर्व मनाइएको छ । परम्परागत रुपमा मनाइँदै गरेको जात्रा यस वर्ष पनि मनाइएको हो ।
जात्रा स्थानीय भानुभक्त माविको आयोजनामा निकालिएको हो । विक्रम संवत् २०१८ बाट मनाइँदै आएको जात्रा कोरोनाका कारण यस अघिका दुई वर्ष र माओवादी द्वन्द्वका समयमा दुई वर्षबाहेक हरेक वर्ष मनाउँदै आइएको भानुभक्त माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार