सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंक स्मार्टएक्स्पी’, ठगी नियन्त्रण गर्न सजिलो
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार २३:२६:५९
२ भदौ, काठमाडौं । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ एपलाई सिदार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने छ ।
एफवान सफ्ट इन्टरनेशनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउने छ । सिदार्थ बैंक स्मार्ट एक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिने बैंकले जनाएकाे छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड÷पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।
साथै सिदार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन ।
“ग्राहकहरु मोबाईल बैंकिङ प्रयोग गर्न हिचकिचाइ रहेका छन्,किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिने छ र प्रमाणित ग्राहकहरुले मात्र मोबाईल बैंकिङ मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्” सिदार्थ बैंकका एक प्रतिनिधिले भने । “सिदार्थ बैंकले डिजिटल बैंकिङलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नविनतम संस्करणको सुरुवातसँगै प्रयोगकर्ताहरुले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
सिदार्थ बैंक नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र क वर्गको वित्तीय संस्था हो । सन् २००२ मा स्थापना भएको यस संस्थालाई नेपालको सबैभन्दा प्रभावशाली र व्यवसायिक बैंकको रुपमा लिइन्छ । यस बैंकले आफ्ना सबै ग्राहकहरुका लागि बैंकिङ सेवाहरु सहज र सरल रुपमा पहुँचयोग्य बनाउँदै अधिकांश सञ्चालनहरुमा डिजिटल बैंकिङलाई एकीकृत गर्दछ ।
“सम्बन्ध सधैभरीलाई” भन्ने नाराका साथ सिदार्थ बैंकले ग्राहक– पहिलो दृष्टिकोणमा भन्ने हेतुले बजारको नेतृत्व गरिरहेको छ । सिदार्थ बैंकस्मार्ट एक्सपी प्ले स्टोर र एप स्टोर दुबैमा डाउनलोडका लागि उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार