चिनियाँ राष्ट्रपति सीले रुसी समकक्षी पुटिनलाई बालीमा भेटने
नेपालबहस संवाददाता
भदौ ३, २०७९ शुक्रबार १९:१७:४६
३ भदौ, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इन्डोनेसियाको बालीमा भेटघाट गर्ने बताइएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई उद्धृत गर्दै बीबीसीले दुवैजनाबीच बालीमा भेटवार्ता हुने उल्लेख गरेको छ ।
ब्लुमवर्गसँगको अन्र्तवार्तामा विडोडोले भन्नुभयो, “ग्रुप अफ ट्वान्टी(जी ट्वान्टी)को बैठकमा सहभागी हुन दुवै जना बाली आउने बताउनुभएको छ ।” जी ट्वान्टीको बैठक आगामी नोभेम्बर महिनामा इन्डोनेसियाको बालीमा हुँदैछ । रुसले यूक्रेनमा सैन्य हस्तक्षेप गरेयताको यो विश्वका प्रभावशाली राष्ट्रहरु जमा हुने पहिलो अवसर हुनेछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ इन्डोनेसियाको भ्रमण गरे जनवरी २०२० पछि उनको यो पहिलो विदेश यात्रा हुनेछ । उक्त बैठकमा अमेरिकी राष्ट्रपति जोइ बाइडेनसमेत सहभागी हुने बताइएको छ । तर उहाँले पुटिनसँग भेटघाट गर्ने वा नगर्ने अझै तय भइसकेको छैन् ।
अमेरिकाले यसअघि रुसलाई जी २० बाट हटाउन आग्रह गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार