चीनमा बाढीबाट सत्रको मृत्यु, सत्र बेपत्ता
नेपालबहस संवाददाता
भदौ ३, २०७९ शुक्रबार २१:०:१
३ भदौ ,एजेन्सी । चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् ।
ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन् । स्थानीय समयानुसार बुधबार राती १०.२५ देखि सुरु भएको भिषण बर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।
धेरै माटो बोकेर आएको बाढीले नदिको वहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरुले जनाएका छन् । बाढीबाट छ गाउँका छ हजार दुई सय ४५ घर प्रभावित भएका छन् । ती मध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ ।
बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सय भन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरुका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ ।
सेना प्रहरी र उद्धारकर्मीहरु गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन् । उनीहरुले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् ।
यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको उद्धारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँका छ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन् । उनीहरुलाई विद्यालयहरुमा आश्रय दिएर राखिएको छ । वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्नका लागि सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार