भारतमा १५ हजार सात सय भन्दा बढी कोरोना संक्रमण
नेपालबहस संवाददाता
भदौ ३, २०७९ शुक्रबार २१:५४:३२
३ भदौ, एजेन्सी । भारतमा एक दिनमा पन्ध्र हजार सात सय ५४ जना कोरोना भाइरस संक्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख १४ हजार छ सय १८ जना कोरोना भाइरस संक्रमित भईसकेका छन् ।
दैनिक संकमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्यामा एक लाख एक हजार ३० जना रहेका छन् । गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट यहाँ ३० जनाको मृत्यु भएको छ ।
यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार दुई सय ५३ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ८५ हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन् ।
नयाँ संकमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयबाट हालसम्म दुई अर्ब नौ करोड २७ लाख ३२ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार