‘उम्मेदवारीसँगै अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने’
नेपालबहस संवाददाता
भदौ ४, २०७९ शनिबार १४:१३:२१
४ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारले अनिवार्यरुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता परिमार्जन गरिरहँदा यसप्रकारको व्यवस्था राख्न प्रस्ताव गरेको हो ।
आयोगका सहसचिव समेत रहेका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले स्थानीय निर्वाचनपछि सरोकारवालासँग छलफलपछि आएका सुझाव बमोजिमका व्यवस्था राख्न प्रस्ताव गरिएको जानकारी दिए । यसअघि उम्मेदवारले अचल सम्पत्तिको विवरण राख्ने व्यवस्था राखिएकोमा अब उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो ।
आयोग स्रोतका अनुसार आचारसंहिता परिमार्जन गर्नुअघि आयोगले संशोधन गर्न लागेको विषयबारे राजनीतिक दलहरुसँग छलफल गर्नेछ । राजनीतिक दलसँग आयोग पदाधिकारीले भदौ ६ गते छलफल गर्दैछ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्ने १२ दललाई आयोगले छलफलका लागि पत्राचार गरेको छ ।
उम्मेदवारले आफ्नो विस्तृत व्यक्तिगत् विवरण उल्लेख गर्नुपर्ने गरी आचारसंहितामा व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । आयोग स्रोतका अनुसार ‘केवाइसी’ र सम्पत्ति विवरण बुझाएपछि उम्मेदवारले निश्चित समयभित्र आफैं सार्वजनिक गर्नुपर्नेछ । स्थानीय निर्वाचनको अनुगमन फितलो भएको गुनासो बढेपछि आयोगले अनुगमन संयन्त्र सम्बन्धी व्यवस्थामा समेत परिमार्जनको प्रस्ताव गरेको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रमुख जिल्ला अधिकारीलाई बढी जिम्मेवार बनाएर अनुगमन संयन्त्र गठन गरिनेछ । स्थानीय चुनावपछि आयोगले सुझाव संकलन गरेको थियो । अनुगमनमा प्रजिअलाई जिम्मेवार बनाउनुपर्ने सुझाव आएको थियो । जिल्ला प्रशासन कार्यालयका अधिकृतलाई पूर्णरुपमा निर्वाचन अनुगमनप्रति प्रतिबद्ध रहने गरी संयन्त्र गठनको प्रस्ताव गरिएको आयोग स्रोतले बतायो । उक्त संयन्त्रमा जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि समेत रहनेछन् ।
उम्मेदवारी दर्ता गराउन जाँदा उम्मेदवारले जुलुससहित दर्जनौं झण्डा तथा चुनाव चिह्न लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्दै आएका छन् । यसअघि उम्मेदवारले दुईवटा झण्डा राख्न पाउने व्यवस्था गरिएको थियो । तर स्थानीय चुनावमै पनि उम्मेदवारी दर्ता गराउन जाँदा उम्मेदवारले बाजागाजासहित दर्जनौ झण्डा र ब्यानरसहितको जुुलुस प्रदर्शन हुँदै आएका छन् ।
आयोगले झण्डाको सङ्ख्या पुनरवलोकन, उम्मेदवारी दर्ता तथा घरदैलोमा समर्थकको सङ्ख्या तोक्ने जस्ता व्यवस्थामा परिमार्जन गर्न खोजेको छ । आयोगले आम चुनावमा उम्मेदवारले गर्न पाउने खर्च सीमा समेत पुनरवलोकन गर्ने बताउँदै आएको छ । प्रचारप्रसार अवधि स्पष्ट उल्लेख गर्ने, आचारसंहिताको उल्लङ्घन भएको मौखिक उजुरी दिनेको अभिलेख राख्नुपर्ने लगायतको संशोधन प्रस्तावमाथि छलफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार