माओवादीमा अस्तित्व खोज्दै बाबुराम र बामदेवः सीट बार्गेनिंग र समाजवादी केन्द्र निर्माणमा सफल होलान् ?
भेषराज पोखरेल
भदौ ४, २०७९ शनिबार २३:८:४७
सत्तारुढ गठबन्धनका दलहरुबीच सीट बाँडफाँडलाई लिएर माथापच्ची चलिरहँदा माओवादी विद्रोह उराल्ने विशेष नाइकेमध्ये एक बाबुराम भट्टराई र एमालेलाई एमाले बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वएमाले नेता बामदेव गौतम माओवादी केन्द्रमा आएका छन् ।
उनीहरुको आगमनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्यन्तै खुशी भएका छन् । उनी खुशी हुनुको मुख्यकारण अब माओवादी बलियो बन्ने र आफू पनि थप शक्तिशाली बन्ने आंकलनमा उनी खुशी भएका हुन् । अहिले यी दुवै नेताले माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिह्नमै निर्वाचन लड्ने घोषणा गरेका छन् ।
दुवै नेता खुम्चिएर आएपनि पुष्पकमल दाहाल प्रचण्डलाई भने जनतामा मनोवैज्ञानिक प्रभाव पर्ने तथा पार्टीभित्र आफू बलियो भइने र सीटका लागि बार्गेनिंग शक्ति बढ्ने लागेको छ । अर्को, कांग्रेस सशंकित हुँदा र अरु दलहरु पनि उति चासो नदिएको अवस्थामा सम्भव नभएको समाजवादी केन्द्र निर्माण सहज हुने पनि उनलाई लागेको छ । राष्ट्रिय राजनीतिमा नीतिभन्दा अंकगणितलाई केन्द्रमा राख्ने प्रवृत्ति भएका बेला यसलाई त्यसरी नै विश्लेषण गर्न सकिन्छ ।
पुनः एमाले र माओवादी तथा आफ्नो पक्षसहित एकीकृत समाजवादीलाई मिलाएर नेकपा बनाउने भन्दै अभियान चलाएका बामदेव गौतम एमालेसँग सहकाय गर्दा आफूले हार्ने र यो गठबन्धनको मुख्यघटक माओवादी केन्द्रको चुनाव चिह्नमा लड्दा जितिने भएकाले यता आएको बताएका छन् । माओवादीबाट अलग भएर वैकल्पिक शक्ति बनाएर अघि बढेको बताएका बाबुराम भट्टराई धेरै दलसँग सहकार्य गर्न पुगे । तर उनी कतैबाट पनि सफल हुन सकेनन् । अहिले उपेन्द्र यादव नेतृत्वको मधेशवादी दल जनता समाजवादी छाडेर अस्तित्व खोज्दै माओवादी केन्द्रको नजिक भएका हुन् ।
दाहाल, भट्टराई र गौतमले समाजवादी केन्द्र निर्माण गर्ने बताएका छन् । यसले कांग्रेस थप सशंकित बन्ने अवस्था आएको छ । आवश्यकता पर्दा सहकार्यका कुरा गर्ने, समाजवादी केन्द्र निर्माण गर्ने, पछि अवसर आउँदा एमालेसँग लहसिएर लात हान्ने त होइनन् भन्ने शंकामा छ ।भर्खरै कांग्रेस महामन्त्री गगन थापाले सीट बाँडफँडमा आएका अडान र ठूला मागलाई इंगित गर्दै निर्वाचनपछि गठबन्धन कायम रहने के ग्यारेन्टी भनेर प्रश्न गरेका छन् । हुन पनि कम्युनिष्ट शक्तिका नेताहरुको अति महत्वाकांक्षा र राजनीतिक अस्तित्व रक्षाको चिन्ताले गठबन्धनको भविष्य अनिश्चित बनाइदिएको छ ।
उता एमाले अध्यक्ष केपी ओली पनि एकातिर सकेसम्म प्रचण्ड र नेपाललाई गाली गर्ने, अर्कातिर २०७४ को आमनिर्वाचन अघि जस्तै चमत्कारिक रुपमा तिनीहरुले नेतृत्व गरेका दलहरुलाई एमालेमा मिलाउने अवसर ढुकेर बसेका छन् । यसले कांग्रेसलाई आशंकित बनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनको वरिपरिका नेताहरु कार्यकर्ता र जनतामा विश्वास गर्नुभन्दा गठबन्धनमा ज्यादै भरोसा गरिरहेका छन् । यसले कांग्रेसको पार्टी जीवन पनि अस्थिर बन्न गएको छ ।
राजनीति सशक्त र गतिशील हुन दलहरु सशक्त र बलिया हुनु अति आवश्यक हुन्छ । नेताहरु पनि अस्थिर मानसिकता र थर्थर काँप्ने अवस्थामा हुनु हुँदैन । अहिले कांग्रेसले त्यतातिर ध्यान दिएको छैन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जसरी पनि आफू पुनः प्रधानमन्त्री बन्ने दाउ छ । उनलाई समग्र कांग्रेसलाई सशक्त बनाउने चासो छैन । यस्तै व्यवहारले उनी पटकपटक प्रधानमन्त्री हुने अवसर पाए पनि कांग्रेस र राष्ट्रको उन्नति हुने अवस्था आएको छैन । यो एक नेताको राजनीतिक असफलता नै हो ।
अहिले गठबन्धनका दलहरुबीच भागबण्डा मिले उनीहरुका नेताहरुको जित सुनिश्चित हुनसक्छ । पछिल्लो बदलिँदो परिस्थितिका कारण गठबन्धनका नेताहरु भने अस्थिर मानसिकतामा छन् । उनीहरुलाई कुनै शक्ति उदाएर आए हारिने हो कि रु स्वतन्त्र रुपमा उदाउने नेताहरुले पनि आफूहरुलाई हराउने स्थिति आउने हो कि भन्ने त्रास छ । अर्को, कोसँग जाँदा ठूलो भाग पाइने हो रु भन्ने कुराले पनि नेताहरुलाई अस्थिर बनाउन गएको छ । नेताहरुलाई सिद्धान्तको कुनै वास्ता छैन ।
शब्दमा कम्युनिष्ट, समाजवादी भनेपछि सिद्धान्तको आवश्यकतै पर्दैन भन्ने भ्रम कम्युनिष्ट नेताहरुलाई छ भने कांग्रेसका नेताहरुलाई पनि प्रजातन्त्र भनेपछि अरु केही पनि चाहिँदैन भन्ने छ । ती सिद्धान्तलाई जीवन्त बनाउन नेता तथा कार्यकर्तामा कस्तो व्यवहार हुनुपर्छ, शासनसत्ता कस्तो हुनुपर्छ, जनताका दुःखलाई कसरी हटाउन सकिन्छ, विकासलाई कसरी गति दिने भन्ने कुराको बेवास्ता गरेर सिद्धान्तको खोलले के काम गर्ला रु आगामी निर्वाचनमा जनताले नेताहरुका यस्ता व्यवहारलाई केलाएर अघि बढ्ने लक्षण देखिएको छ । स्थानीय निर्वाचनमा जनताले यस्तो मनसाय देखाइसकेका छन् । दम्भी र हामी नै सबै हौं भन्ने नेतालाई हराउन सक्ने सम्भावना बढी देखिएको छ । यो लोकतन्त्रका लागि सुखद अवस्था पनि हो ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार