घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ
नेपालबहस संवाददाता
भदौ ४, २०७९ आइतबार २:५३:५२
४ भदौ, दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको दमौली बजारबाट ७५ हजार रुपियाँ घुस लिएको आरोपमा आज एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । “निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ”, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने, “पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।”
विद्यालयको भवन पुनःनिर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि निजले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो ।
उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए । इञ्जिनीयर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट मात्र ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार