कांग्रेस नेता गिरिको निधनप्रति समवेदना व्यक्त, कुन नेताले के भने ?
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार १३:१४:४५
५ भदाै, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति समवेदना व्यक्त गरेका छन् । शुक्रबार अबेर राति प्रधानमन्त्री देउवाले गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन् ।
सामाजिक सञ्जालमा गिरिको निधनको खबरले निकै स्तब्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले लेखेका छन्, “नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध छु, उहाँको आत्माको चिर शान्तीको कामना गर्दै दुखद घडीमा परिवारजनमा हार्दिक समवेदन व्यक्त गर्दछु ।”
त्यसैगरी, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले समवेदन प्रकट गर्दै भनेका छन्, “नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदीप दाईले पुर्याउनुभएको योगदानको जति नै चर्चा गरेपनि अधुरै रहन्छ ।”
नेता कोइरालाले नेपालको सिंगो राजनीति र सिंगो कांग्रेस पार्टीमा प्रदीप गिरिको अभाव सधैं खट्किरहने उल्लेख गरेका छन । गिरिको निधनप्रति गृहमन्त्री बालकृष्ण खाँड, प्रतिनिधि सभा सदस्य डा. मिनेन्द्र रिजालले समवेदना प्रकट गरेका छन् ।
नेकपा(एमाले)का नेता घनश्याम भूषालले सामाजिक सञ्जालमार्फत् गिरिप्रति समवेदना प्रकट गर्दै लेखेका छन्, “हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरि, हाम्रो यात्राभरी तपाईलाई सम्झिरहने छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार