कैलाली र कञ्चनपुरमा मात्रै पाइने रैथाने नकटा हाँस संकटमा
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार १७:७:७
५ भदौ, कञ्चनपुर । कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिदै जान थालेपछि संकटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ ।
कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ । यसको सङ्ख्यामा केही समययतादेखि कमी आएको छ । ताल–तलैयाहरू मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानीय बासिन्दाले शिकार गर्ने गरेका कारणसमेत हाँसका सङ्ख्यामा कमी आउन थालेको हो ।
संकटापन्न अवस्थामा रहेको नकटा हाँस जोगाउनका लागि स्थानीय बासिन्दालाई जैविक विविधता संरक्षणसँगै चरा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरी सचेत पार्नुपर्ने चरा संरक्षणको कार्यमा संलग्न सुमन चौधरीले बताउनुभयो ।
“निकुञ्ज आसपासका ताल–तलैया क्षेत्रमामात्रै नकटा हाँस देखिने गरेको थियो”, उनले भने, “हाल यस प्रजातिको हाँस घना बस्ती नजिकका ताल–तलैयामा समेत देखिन थालेको छ । यसको संरक्षण गर्नु जरुरी छ ।” बेलौरी नगरपालिकाको शोभाताल क्षेत्रमा पाँच बढीको संख्यामा नकटा हाँस पहिलोपटक देखापरेको उनले बताए ।
नेपाल पक्षी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार नकटा हाँस नेपालको रैथाने प्रजातिका सबैभन्दा ठूलो प्रजातिको हाँस हो । यस हाँसले वर्षात्को समय सुरु भएसँगै बच्चा कोरल्ने गर्दछ ।
रुखको टोड्का, अरु चराले छाडेका गुँड, ठूलो घाँसको झाडीमा अण्डा पार्ने गर्दछ । पोथीले एकपटकमा १० देखि १५ सम्म अण्डा पार्ने गर्दछ । अण्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोरल्ने गर्दछ । नकटा हाँस काला छिर्कापूर्ण सेतो–सेतो टाउको र सेतो–सेतो तल्लो भाग साथै अपूर्ण साँघुरो छातीपेटी हुने गर्दछ । माथिल्लो र तल्लो पखेटा कालो हुन्छ ।
भालेको कालो–कालो माथिल्लो भागमा टल्कने ढलौटे हरियो, निलो र हरियो रङको हुन्छ । ठोँडको फेदमा पुष्ट सिउर साथै ग्रिष्ममा टाउको छेउ र गर्दनमा पहेलो–पहेलो मैलो बगेको जस्तो देखिने हुन्छ ।
हिउँदमा सिउर सानो पोथी साना नापको माथिल्लो भाग बढी धमिलो हुन्छ । सिउर नभएको बच्चाको गाढा तालु र आँखीधर्सोभन्दा भिन्न देखिने फिक्का आँखीभौँ माथिल्लो भागमा मैला कत्ला र कैलोमैलो तल्लो भाग साथै छातीको छेउमा गाढा कत्ला हुन्छन् ।
सिमसार तथा जलसिञ्चित घाँसेमैदानमा चर्ने र छिपछिपे पानीमा खेल्ने गर्दछ । धेरै जलिय वनस्पति भएका जङ्गलभित्रका तालतलैयामा यो बढी बस्न रुचाउने गर्दछ । रैथाने प्रजातिको यस हाँसलाई नेपालमा सङ्कटापन्नको सूचीमा सूचीकृत गरिएको छ । “यस हाँसको स्वभाव अरु भन्दा भिन्न हुने गर्दछ”, चराविज्ञ डगौराले भने, “यो हाँस अरु हाँसका झुण्डमा मिसिएर बस्ने गरेको पनि पाइएको छ ।”
“यस हाँसको संख्या थोरै मात्र छ । त्यसैले संकटमा छ”, उनले भने, “केही दिनअघि कैलालीका तालतलैयामा गरिएको सर्भेक्षणमा यसको सङ्ख्या ४५ मात्रै रहेको पाइएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका तालतलैया क्षेत्रमा यसको सङ्ख्या ६० को हाराहारीमा रहेको रहेको अनुमान गरेका छौँ ।” यस हाँसले आहाराका रूपमा किरा–फट्याङ्ग्रा, माछा, जलिय वनस्पतिलाई ग्रहण गर्दछ ।
अङ्ग्रेजीमा यसलाई कम्बडक भनेर चिनिन्छ । नकटा हाँस संकटापन्न अवस्थामा रहेकाले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने चराविज्ञ डगौराको भनाइ छ ।
“सुदूर तराईका दुई जिल्लाको रैथानेमध्येको ठूलो प्रजातिको हाँस नकटा भएकाले यसको संरक्षणसँगै बासस्थान सुरक्षित बनाउन सकेमात्रै यसलाई जोगाउन सकिन्छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार