सान्जेन जलविद्युतको आईपीओ आजबाट जारी
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार १७:४३:६
५ भदौ, काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइतबारबाट आईपीओ जारी गरेको छ । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले रसुवाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका–५ चिलिमे (साविक चिलिमे गाविस, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका–४ गोल्जुङ (साविक गोल्जुङ गाविस), सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १.२.३ (साविक गत्लाङ गाविस र हाक गाविस) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीलाई निष्काशन गर्न लागेको हो । अति प्रभावित क्षेत्रका स्थानीयलाई ४.३५, प्रभावित क्षेत्रका स्थानीयलाई ३, सामान्य प्रभावित क्षेत्रका बासीलाई १.५ र अन्य जिल्लावासीलाई १ को अनुपातमा सेयर बाँडफाँट हुने कम्पनीले जनाएको छ ।
स्थानीयले प्रतिकित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद १९ भदौ छ । सो अवधिमा सबै शेयर बिक्री नभएमा ४ असोजसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यस आईपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सहबिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार