थिमिमा यसवर्ष पुनः येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालन हुने
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार १९:१५:४६
♦लक्ष्मी गारु
५ भदौ, भादगाउँ । मुख्यत आर्थिक अभावलगायत विविध कारणले नियमित सञ्चालन हुन नसकेको थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) यसवर्ष पुनः सञ्चालन हुने भएको छ ।
मध्यपुर थिमि नगरपालिका–५ का वीरेन्द्रभक्त श्रेष्ठ दोस्रो पटक जिब्रो छेड्न तयार भएपछि यसवर्ष पुनः थिमिमा इन्द्रजात्राको अवसरमा सञ्चालन हुने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालन हुन लागेको हो ।
वीरेन्द्रभक्तले २०७४ सालमा जिब्रो छेडाउनुभएको थियो । यसवर्ष यही भदौ २५ गते शनिबार जात्रा हुँदैछ । यो जात्रा विसं २०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि बहाल भएपछि पुनः सञ्चालनमा आएको थियो ।
विसं २०६३ मा अन्तिम पटक सञ्चालन भएर रोकिएको यो जात्रा नगरपालिकाको आर्थिक सहयोगमा वीरेन्द्रभक्त जिब्रो छेड्न तयार भएपछि ११ वर्षपछि पुनः जात्रा सञ्चालनमा आएको थियो ।
विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिइएको थियो । त्यसपछि कोरोना महामारीका कारण जात्रा रोकिएको थियो ।
त्यसअघि २०५९ र २०५३ सालमा यो जात्रा सञ्चालन भएको पाइन्छ । जात्राका लागि शनिबार वीरेन्द्रभक्तले परम्परागत प्रचलन अनुसार मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु ९सुइरो० बनाउन सम्ये बजीसहितको पूजा प्रदान गरी आग्रह गर्नुभएको छ ।
सोहीअनुसार नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।
मध्यपुर थिमिमा बर्सेनि दुई वटा मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने गरेको छ । पहिलो बिस्काः (बिस्केट) जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ । बोडेको जात्राले निरन्तरता पाउँदैं आए पनि थिमिको जात्रा भने नियमित सञ्चालन भएको पाइँदैन ।
थिमिको जिब्रो छेड्ने जात्राका लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनुपर्दछ र रातोभालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ ।
जिब्रो छेड्ने जात्राको चार दिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलनसमेत रहेको छ ।
इन्द्र जात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरी छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ । त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ ।
यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख ९साँझ० बालकुमारीदेखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन जानु पर्दछ ।
त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइन्छ । डबलीमा सयौंँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ ।
त्यसपछि भ्यं ९महादिप० बोक्न लगाइ उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गरिन्छ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्ति पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछन् । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गराएको इतिहास पाइन्छ ।
इच्छाएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सुइरो निकालिन्छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः ९नित्यनाथ० देवता परिसरको माटो राखिदिन्छ ।
अनि सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छन् । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन रहेको छ । जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ ।
पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनतालाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्ति रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार