इन्द्रावती नदीले सयभन्दा बढी रोपनी खेत कटान
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २१:३९:५७
५ भदौ , काभ्रेपलाञ्चोक । इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो ।
स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धानखेत नदीले कटान गरी क्षति पु-याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए ।
उनका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो । उक्त क्षेत्रमा नदीले खेत कटान समस्या केही वर्षदेखिकै रहेको नेपालले बताए ।
उक्त क्षेत्रमा गतसाल पनि आफ्नो खेत कटान गरेको स्थानीय शिक्षक पे्रमबहादुर लामाले बताए । अहिले उनको नारिमखर्कको चार रोपनी धान खेत नदीले कटान गरेको छ । माझीगाउँको पुल नजिक पनि नदीले खेत कटान गरेको लामाले जानकारी दिए ।
गत वर्षदेखि नै नदीले खेत कटान गरेपछि नगरमा खेतीयोग्य जनिम संरक्षणका लागि गत वर्षदेखि किसानले ध्यानाकर्षण गराए पनि कुनै चासो नदिएको लामाले बताए । “हामी पीडितले खेत जोगाउनुप-यो भनेर गत सालदेखि नै जनप्रतिनिधिलाई पटक–पटक भन्यौँ, तर वास्ता गरिएन”, उनले भने ।
नगर उपप्रमुख विष्णुमणि नेपालले नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि नगरको बजेटले नपुग्ने भएकाले प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्नुपर्ने बताए ।
उनले इन्द्रावती नदीले वर्षैपिच्छे खेतीयोग्य जमिनसँगै अन्य जमिन कटान गर्दा माझी बस्तीसमेत जोखिममा परेको बताए । उनले भने “मण्डनमा नदीले कटान गरिरहेको ठूलो समस्या बनेको छ, योजना बनाएरै लाग्दैछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार