जासुसीको आरोपमा रूसी र युक्रेनी नागरिक पक्राउ
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २२:२७:१३
५ भदौ, एजेन्सी । दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ । अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एम।जेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्यकेन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्ने क्रममा पक्राउ गरिएको हो ।
गिरफ्तारीको प्रतिरोधका क्रममा निजले ‘नियो–प्यारालाइजिङ स्प्रे’ प्रहरी गरी दुई जना सैनिक सुरक्षाकर्मीलाई घाइते बनाएको छ । उनीहरूकौ सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
एस।टी नाम गरेकी ३३ वर्षकी रूसी महिला र एफ। ए ले परिचित २५ वर्षीय युक्रेनी नागरिकलाई उनीहरू सवार गाडीसहित केन्द्रबाहिरबाट पक्राउ गरिएको हो ।
सैनिक प्रहरी, सेनाको गुप्तचर प्रहरी र नागरिक तथा आतङ्क प्रतिरोध प्रहरीले उनीहरूविरूद्धको मुद्दामा समन्वय गरिरहेको तथा सम्बन्धित निकायसँगको समन्वयमा अनुसन्धान गरिने रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
सन् १९६२ मा स्थापना भएको ग्रामस मिलिटरी प्लान्टले एके–४७ राइफल उत्पादन गथ्र्यो तर सन् १९९० मा साम्यवादको पतनपछि यसले राइफल उत्पादनको सट्टा पुराना हतियारहरू मर्मत गर्दै आएको छ ।
सन् २००९ मा उत्तर एटलाण्टिक सन्धी सङ्गठन (नाटो) को सदस्याता लिएको अल्बानियाले युक्रेनमाथि रूसले गरेको हमालाको विरोध गर्दै आएको छ भने युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले मस्कोमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार