वालिङमा फाईवर टेलिफोन सेवा शुरु
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २३:१०:३२
५ भदौ, स्याङ्जा । तामाको तार हटाएर फाइवर ल्याण्डलाईन टेलिफोन सेवा वालिङमा शुरु भएको छ । नेपाल टेलिकमले वालिङका ग्राहकलाई अबदेखी फाईवर ल्याण्डलाइन टेलिफोन सेवा दिने भएको हो । एफटिटीएच नामक फाइवर सेवा जिल्लाका ३ शहरमा शुरु भइसकेको टेलिकमले जनाएको छ । झण्डै १ हजार तामाको तार सहितको लेण्डलाईन वितरण गरेको वालिङ टेलिकमले अब सबै तामाका तार हटाएर फाईवर जडित लेण्डलाइन वितरण गर्न लागेका वालिङका प्रमुख नारायण कपालीले जानकारी दिए ।
फाईवर टेलिफोन सेवाको वालिङका नगर प्रमुख कृष्ण खाँणले शुभारम्भ गरेका छन् । एकै तारबाट सबै सुविधा सगै तिब्रगतिको इन्टरनेट, टिभी र टेलिफोन सञ्चालनले नगरवासीका लागि महत्वपुर्ण सेवा भएको बताए । यो सेवा वालिङ नगरपालिकाबाट शुभारम्भ गर्न पाउदा खुशी र टेलिकमलाई धन्यवाद दिए ।
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय पोखराका निर्देशक इन्दल यादवले नगर प्रमुख कृष्ण खाँणलाई एफटिटिएचको सिपीई हस्तान्तरण गरेका थिए । यादवले नेपाल टेलिकमको आगामी रणनीति, सेवा सुविधाका बारेमा नगर प्रमुख खाणलाई अवगत गराएका थिए ।
उनका अनुसार अहिले सम्म १ सय ५० लाईन फाईवर जडान भइसकेको र बाँकी अन्य टेलिफोनको लागि काम भइरहेको टेलिकम वालिङ शाखाले जानकारी दिएको छ । वीपी चोक, भिआईपी टोल, वालिङ मोड र नयाँ बजारमा यो सेवा शुरु भइसकेको बताए । यो सेवा शुरु भएपछि सेवाग्राहीले एउटै तारबाट टेलिफोन, वाईफाई र टिभी हेर्न सक्ने छन् । नयाँ सेवा लिनेलाई झण्डै ५ हजार शुल्क लाग्ने टेलिकमले जनाएको छ ।
बजारमा टेलिकमको तारका कारण दुर्घट्ना देखि बजारको शोभायमानमा प्रश्न उठ्न थालेपछि नेपाल टेलिकमले पुरानो प्रविधी हटाएर नयाँ प्रविधि भित्राउन लागेको हो । तार कम लाग्ने र भरपर्दो सेवा भएकाले फाईवर टेलिफोन सेवा वितरण गर्न लागेको टेलिकमको दावी छ । यो सेवा प्रयोग गर्दा अनिवार्य विद्युत सेवा भने हुनुपर्ने छ । विद्युत अवरुद्ध हुदा यो सेवा पनि अवरुद्ध हुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख रवि मानन्धरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका वरिष्ठ ईन्जिनियर रामचन्द्र पोखरेलले फाइवर टेलिफोन सेवाको बारेमा जानकारी दिएका थिए भने कार्यक्रमको सन्चालन पोखरा प्रादेशिक निर्देशनालयका ब्यापार आधिकृत महेन्द्र रिमालले गरेका थिए ।
शुभारम्भ कार्यक्रममा नेपाल टेलिकम वालिङका कार्यालय प्रमुख नारायण कपालि, पोखरा कर्यालयका प्राविधिक प्रमुख विकास तिमिल्सिना, लेखा प्रमुख उमेस घिमिरे, प्रादेशिक निर्देशनलयका प्रशासन प्रमुख मोहन पुर्ण सत्याल, नगर पालिकाका उपप्रमुख कविता तिवारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भटराइ, वार्ड नम्बर ८ का वडा अध्यक्ष दामोदर तिवारी, वडा नम्बर १० का वडा अध्यक्ष सुनिल खनाल लगायतको सहभागीता रहेको थियो ।
जिल्लाको मुख्य व्यपारीक केन्द्रबाट शुभारम्भ भएको फाईवर टेलिफोन सेवा जिल्लाको गल्याङ्, मिर्मि, पुतलीबजार, चापाकोट, भीरकोट लगायतका मुख्य बजार क्षेत्रमा पनि यो सेवा सञ्चालन हुने टेलिकम वालिङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार