अभिनेत्री आँचलदेखि मिस नेपाल नम्रतासम्म एउटै र्याम्पमा
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २३:१८:४
५ भदौ, काठमाडौं । दरबारमार्ग स्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्दा होटलनै धपक्क बलेको देखिन्थ्यो ।
झिलिमिलि सजावट सहित आयोजना भएको फेसन शोमा ७ भारतिय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे । ७१ जना फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।
आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भब्य र ब्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्याम्म देखिदा दर्शक मोहित भएका थिए ।
विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शो यस बर्ष झनै सब्य, भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।सेलिब्रेटी, भिआइपी, ब्यवसायी लगायत बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको फेसन शोको कोरियोग्राफी अभिमन्यु सिंह तमोरको रहेको थियो ।
फेसन शो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार