श्रीलंकामा सन् २०२२ मा करिब ५० हजार डेङ्गु संक्रमित
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २३:२८:३०
६ भदौ , कोलम्बो । श्रीलङ्कामा सन् २०२२ को आठ महिनामा करिब ५० हजार डेङ्गुका बिरामी फेला परेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन् । कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कूल सङ्क्रमितमध्ये ५० प्रतिशत भेटिएका छन् ।
कोलम्बो नगर परिषद् (सीएमसी) का प्रमुख मेडिकल अफिसर रुवान विजेमुनिले कोलम्बोमा १२ हजार ७५४, गाम्पाहामा सात हजार ४९६ र कालुतारामा चार हजार ७३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
डेङ्गु सार्ने लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सिएमसीसँग रकम अभाव हुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको विजेमुनिले बताए ।
विजेमुनीका अनुसार डेङ्गुका बिरामी सामान्यतया जून र अगस्ट तथा नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन् । इन्धनअभावका कारण पनि लामखुट्टे उन्मूलन अभियान प्रभावित भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार