बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री एकान्तवासमा
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार २०:१:५१
६ भदौँ , एजेन्सी । बुल्गेरियाका काम चलाउ प्रधानमन्त्री गलाब डोनेभ एकान्तवासमा बस्नु भएको छ । कोरोना भाइरसबाट संकमित व्यक्तिको सम्पर्कमा पुगेको जानकारी पाएपछि उनले आफू एकान्तवासमा बस्न लागेको बताएका छन् ।
उनको सचिवालयले वक्तव्य प्रकाशित गर्दै एकान्तवासमा रहेपनि स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको उल्लेख गरेको छ । वक्तव्यमा लेखिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या छैन, कोरोना भाइरस नियन्त्रण सम्बन्धी मापदण्ड अनुसार उनले अहिले एकान्तवासमा बसेका छन् ।”
उनले एकान्तवासमा बसेको भएपनि त्यहीबाट गर्न सकिने र गर्न मिल्ने कामहरु भने गरिरहनु भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । बुल्गेरियामा अहिलेसम्म १२ लाख ३३ हजार चार सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये चार सय २० जना पछिल्लो एक दिनमा संक्रमित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार